
बुटवल, पुस । नेपाल व्यवसायी बाख्रा पालक महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेसन दाङमा सम्पन्न भएको छ । अधिवेनबाट पाल्पाका किसान मीन बहादुर आलेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा खिम बहादु केसी, सचिवमा केशव केसी, सह सचिवमा गौरीकला रोका, कोषाध्यक्षमा राज गोपाल अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा तुलसीराम रायमाझी, नरेश श्रेष्ठ, युवराज ढकाल, सिता कुमारी जिसी, पुजा गीरी, गोपाल बहादुर खड्का, ओमकार प्रसाद कुर्मी, जीवराज वली, शुसिला आचार्य, गणेश बुढामगर, भिम बहादुर रावल, राम पुरी, पुष्पा घर्तीमगर, दिपा खत्री,जयलाल गिरी र प्रमे बहादुर पुन चयन भएका व्यवसायी बाख्रा पालक महासंघका केन्द्रीय अध्यक्ष प्रेम सागर पौडेलले जानकारी दिए ।