कृषिकर्मी रोजगारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया

बुटवल, पुस ।
कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय बुटवलको आयोजनामा प्रदेशमा सञ्चालित कृषिकर्मी रोजगार कार्यक्रम सम्बन्धी सरोकारवाला निकाय, रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. शान्ता कार्कीले लुम्बिनी प्रदेशले नेपालमै पहिलो पटक सुरुवात गरेको कृषिकर्मीरोजगार कार्यक्रम प्रभावकारीरहेको भन्दै यसको अझ बढि प्रभावकारी कार्यान्वयनको लागि सबैले साझा पहल गर्नुपर्ने बताईन् । उनले सबैको साझा प्रयासबाट मात्रै प्रदेश सरकार र मन्त्रालयले लिएको लक्ष्य प्राप्त गर्न सकिने भन्दै यसको लागि सबैका विचमा सहकार्य आवश्क रहेको बताईन ।
रोजगारदाताहरु र रोजगारकर्मीहरुको विचमा एक अर्कामा संमन्वय भएमा प्रदेश सरकारले सहयोग गर्ने गरी ल्याइएके कार्यक्रम नेपालमा नै पहिलो पटक भएको भन्दै यसलाई सरकारले निरन्तता दिने बताईन ।
कार्यक्रममा पशुपंक्षि तथा मत्सय विकास निर्देशनालयका निमित्तप्रमुख डा. परवेज आलम, कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्या सुरक्षा तथा व्यवसाय प्रर्वद्धन महाशाखा प्रमुख अमरराज घिमिरे, योजना तथा अनुगमन महाशाखा प्रमुख हरि प्रसाद पन्थी,पशुपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारी, कृषि विकास निर्देशनालयका बरिष्ठ कृषि विकास अधिकृत राम प्रसाद पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा मन्त्रालयका कृषि प्रसार अधिकृत अर्जुन प्रसाद खनालले कृषिकर्मी रोजगार कार्यक्रमको वर्तमान अवस्था, कार्यान्वयन, चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै सामाजिक सुरक्षा कोषमा रोजगारदाता संस्थ, रोजगारी गर्ने व्याक्ति सूचीकृत प्रक्रिया, योगदान रकम जम्मा तथा झीक्ने प्रक्रियाको विषयमा सामाजिक सुरक्षा कोष काठमाणडौंका बरिष्ठ प्रशासन सहायक श्रीराम गौतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्त्रालय मातहतका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु, रोजगार दाता विभिन्न फर्म तथा संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

 

© 2022 krishipatra All right reserved