हेफरले बाढ्यो कृषि सहकारीलाई ४७ वटा पिकअप भ्यान

बुटवल, मंसिर ।
हेफर ईन्टरनेशनल नेपालले देशका विभिन्न जिल्लामा रहेका महिला उद्यमी सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा ४७ वटा पिकअप(ढुवानी)को साधन वितरण गरेको छ ।
रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, हेफर ईन्टनेशनल नेपालका राष्ट्रिय निर्देशक शिवनारायण महतो, हेफर ईन्टरनेशनलका भ्वाईस प्रेसिडेन्ट डा. मेन्द्र नाथ ओली, कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मी, एसिया पिपुल्स हेड एलिन मार्कर सहित सिनियर कन्ट्री म्यानेजर मिना जोशी सहितको टोलीले सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई पिक अफ भ्यान प्रदान गरिएको छ ।
२२ लाख देखि २४ लाख रुपैयाँ सम्मका ति भ्यान को लागि ५० प्रतिशत लागत हेफर ईन्टरनेशनल र ५०प्रतिश सहकारी मार्फत लगानी भएको छ । नेपालका पुर्व देखि पश्चिम सम्मका हेफर संग सम्बन्धीत सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाहरुलाई मागमा आधारित कृषि तथा पशुजन्य बस्तु ढवानी, बजारीकरणको लागि प्रयोग हुने महिन्द्र कम्पनीको पिकअफ भ्यान प्रदान गरिएको हो ।
प्रदेश १ मा ४ वटा, प्रदेश २ मा २ वटा, बागमति प्रदेशका ९ वटा, गण्डकी प्रदेशका ९ वटा, लुम्बिनी प्रदेशका १८ वटा, कर्णली प्रदेशका ५ वटा गरी कुल ४७ वटा सहकारीहरुलाई उक्त पिक अफ भ्यान प्रदान गरिएको हो । सहकारीमा आवद्ध ४५ हजार किसानालई प्रत्यक्ष लाभ पु¥याउने गरी करिव ८२ लाख रुपैयाँ बराबरको पिकअप भ्यान प्रदान गरिएको हेफर इन्टरनेशनल लुम्बिनी प्रदेशका संयोजक अनन्तशिलवालले जानकारी दिए ।
सवारी साधन हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक कुमार शेरचनले किसानहरुको लागि बजारीकरणमा यसले ठुलो भुमिका खेल्ने बताए । उनले प्रदेश सरकार पनि किसानहरुको साथमा रहेको भन्दै सोही अनुसार कार्यक्रम ल्याउनको लागि किसानको उत्पादन र बजारीकरणका लागि जोड्ने काम गर्न प्रदेश सकरारलाई आग्रह समेत गरे ।
कार्यक्रममा प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, कृषि विकास निर्देशनालयका सह निर्देशक लोकनाथ पौडेल, नेकपा एमालेका सचेतक सरस्वती गौतम, माओवादी केन्द्रका तुलाराम घर्ती, नेपाली काग्रेसका निर्मला क्षेत्री लगायतले आ आफ्नो भनाई राखेका थिए ।

महिन्द्राद्धारा हेफरलाई गाडी चापी वितरण
बुटवल, मंसिर ।
यसैविच महिन्द्रा कम्पनीले हेफर ईन्टरनेशनल नेपालललाई गाडीको चापी हस्तानान्तरण गरेको छ ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी महिन्द्रा कम्पनीका नेपाल, भुटान कन्ट्री म्यानेजर गौरव पाण्डे ले हेफरका डा. महिन्द्र लोहोनी, मिना जोसी, डा. तिर्थराज रेग्मी सहितको टोलीलाई गाडीको चापी प्रदान गरेको हो । हेफरले किसानहरुको लागि वितरण गर्न ४७ वटा पिकअफ भ्यान खरिद गरेको थियो । सोही विषयमा महिन्द्राले एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा ध्यावाद तथा बधाई सहित चापी हस्तानान्तरण गरेको हो ।

© 2025 krishipatra All right reserved