किसानलाई ३५ रुपैयाँमा गहुँको उन्नत विउ वितरण

बुटवल, मंसिर
बुटवल उपमहानगरपालिका नगरका किसानहरुलाई ३५ रुपैयाँमा गहुँको विउ उपलब्ध गराउने भएको छ । किसानले ७० रुपैयाँमा एक किलो गहुँको विउ किनेमा ३५ रुपैयाँ अनुदान स्वरुप नगरपालिकाले उपलब्ध गरायने भएको हो ।
जसको लागि नगरपालिकलो ९ लाख रुपैयाँ विनियोजन गरी गहुँको विउ वितरण गर्ने समुह, सहकारीहरुका विचमा सम्भौता गरेको छ । जस अनुसार अहिले ति समुह, सहकारीहरुले धमाधम किसानलाई ३५ रुपैयाँमा एक किलो गहुँको विउ वितरण गरिहेका छन् ।
अनुदानमा गहुँको विउ वितरण सुरु गरेको छ । उपमहानगरपालिकाका ११ नम्बर वडा देखि १९ नम्बर वडा सम्मका किसानहरुको मागलाई संवोधन गर्दै नगरपालिकाले गहुँको विउ ५० प्रतिशत अनुदानमा वितरण सुरुवात गरेको हो ।
जसकोलागि नगरपालिका भित्र रहेका ६ वटा समुह, सहकारीहरुको विचमा सम्झौता गरिएको छ । बुटवल उपमहानरापलिका कृषि शाखा प्रमुख सन्तोष जिसीका अनुसार ४ वटा कृषक समुह र २ वटा सहकारी मार्फत नगरपालिकाले अनुदानमा गहुँको विउ वितरण सुरुवात गरेको हो । जसको लागि ति सबै समुह, सहकारीहरुको विचमा सम्झौता गरिएको छ ।


बुटवल १७ मा रहेको सिम्रीक कृषि सहकारी संस्था, बुटवल १६ मा रहेको थारु बहुउदेश्यीय कृषक समुह, बुटवल १४ मा रहेको सिद्धीविनायक कृषक समुह, बुटवल १२ मा रहेको बुटवल स्मार्ट कृषि सहकारी संस्था, बुटवल १४ मा रहेको मिलिजुली कृषक समुह र बुटवल १८ मा रहेको बुटवल जैवीक तरकारी उत्पादक कृषक समुह मार्फत अनुदानको विउ वितरण सुरुवात गरिएको हो ।
कुल २५ हजार ६ सय ५० किलो अर्थात २.५६ क्विन्टल विउ ५० प्रतिशत अनुदानमा किसानलाई ३५ रुपैयाँमा विउ उपलब्ध गराईने छ । जसको लागि ७० रुपैयाँमा किसानले खरिद गर्ने विउमा ३५ रुपैयाँ अनुदान नगरपालिकाले उपलब्ध गराउने छ ।
केन्द्रीय ससर्त अनुदान मार्फत नगरपालिका कुल १८ लाख विउ अनुदानमा उपलब्ध गराउने गरी आएकोमा नगरपालिकाले गहुँको लागि ९ लाख र अन्य धानको विउको लागि उपलब्ध गराउनको लागि उपलब्ध गराउने भएको छ ।
नगरपालिकामा कुल २ सय ५६ विघा क्षेत्रफलमा अहिले गहुँ खेती हुदै आएको छ । जुन तथ्यांक गत बर्षको भन्दा बढि हो । धान खेती गर्ने तर अन्य समयमा गहुँको खेती नगरि यत्तीकै बाजो छाड्ने गरेका अधिकांस किसानहरुले यो बर्ष अनुदानमा विउ पाएपछि थप गहुँखेतीम तर्फ आर्कषित भएको नगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी बताउँछन् । उनी भन्छन्–‘किसानहरु हौसीनुभएको छ, गत बर्ष भन्दा यो बर्ष थप क्षेत्रफलमा खेती हुने हामीले अपेक्षा गरेका छौं । ’


स्रिमीक कृषि सहकारी संस्थाले २० हजार ५ सय रुपैयाँ किलो, थारु बहुउदेश्य कृषक समुहले ४ सय ४० किलो, सिद्धीविनायक कृषिक समुहले २ सय ९५ किलो गहुँको विउ वितरण गर्ने गरी नरपालिका संग सम्झौता गरेका छन् ।
यस्तै बुटवल स्मार्ट कृषि सहकारी संस्थाले १३ सय ४५ किलो, मिलिजुली कृषक समुहले ५ सय किलो र बुटवल जैविक तरकारी उत्पादक कृषक समुहले २५ सय किलो गरी कुल २५ हजार ६ सय २० किलो गहुँको विउ अनुदानमा वितरण गर्न लागेका हुन ।
किसानहरुको माग थप आएमा नगरपालिकाले थप विउ समेत उपलब्ध गराउने समेत प्रतिवद्धता जनाएको छ । किसानहरुले बुटवल आसपासको क्षेत्र चुरे तराई संग सटेको हुँदा बाणगंगा, विजय, एन्. एल्. गौतम, मनकामना जातका गहुँ लगाउदै आएका छन् ।

© 2024 krishipatra All right reserved