बुटवल, असोज ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १५ उजेलापुरमा कृषि उपज संकलन केन्द्र निर्माण भएको छ । बुटवल उपमहानगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा स्थानिय बुटवल जैविक तरकारी उत्पादक कृषक समुहले उक्त संकलन केन्द्र निर्माण गरेको हो । नयाँ सम्पन्न भएको भवनको सोमबार विहिबार बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुुवेदीले उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सहरी कृषि प्रर्बद्धन कार्यक्रमलाई नगरले विस्तार गर्दै लैजाने बताएका छन् । उनले कोल्डस्टोर स्थापनाको ालगि आवश्यक योजना अगाडी बढाउने जानकारी दिदै विउ विजन, उपकहरण्ढा, अनुदान र सहयोगमा नगरपालिका सधैभ तयार रहेको बताए ।
यस्तै सहकारी मार्फत कृषि कार्यक्रमलाई अगाडी बढाउनको लागि प्रशिक्षण कार्यक्रम नगरपालिकाले गरेको भन्दै सहकारीमार्फत प्रवद्धीत कार्यक्रहरुको बढि प्रभावकारीता भएको बताए । नपाले अब उत्पादनमा आधारित अनुदान ढुवानि अनुदान जस्ता अनुदानका र प्रोत्साहन अनुदान दिन यो सफटवेयरको माध्यम वाट सहज हुने छ’– मेयर सुवेदिले भने ।
कुल १७ लाख बढिमा निर्माण भएको कृषि संकलन केन्द्रमा बुटवल उपमहानगरपालिका बाट ५ लाख ९३ हजार ४८ रुपैयाँ र कृषि व्यवसाय प्रर्वद्धन केन्द्र खजुराबाट कुल ५ लाख ६१ ह्जार ६ सय ३२ रुपैयाँ आर्थिक सहयोग रहेको थियो । यस्तै साना किसान कृषि सहकारी संस्था बाट शौचालय निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग रहेको छ । बुटवल जैविक तरकारि उत्पादन कृषक समूह द्वारा प्रवद्र्धदित बुटवल जैबिक कृषि उपज संकलन केन्द्रमा उत्पादक कृषक लगानि कृषक र सन्चालक पनि कृषक नै रहने गरि प्रदेश , स्थानिय सरकार , कृषकको लागत सहभागिता रहेको छ ।सफटवेयर वाट कार्यक्रम सन्चालन हुने छ कृषि उपज तहा लगेर दिय पछि कृषकको मोवायलमा म्यासेज जाने र रकम बैंक खातामा जाने छ ।
यसको सदस्यता लिन बुटवल क्षेत्र भित्रका न्युनतम ३ सय केजि तरकारि बर्षमा दिन पर्ने ब्यक्तिगतको हकमा समुहको हकमा भने १० हजनार के जि दिने मात्रै सेयर लिन सक्ने छन । सामान्य तया स्थानिय स्तरमा उत्पादित तरकारि मसला र फलफुल वालिहरु स्थानिय स्तरमा सन्कलन गरि उचित वजार व्यवस्थापन गरि साना कृषकलाई प्रत्यक्ष राहत दिने गरि यो अगाडि बढाइने छ । वालिपात्रो अनुसार तरकारि लगाउने, बालि उत्पादनको आगृम सम्झौता गर्ने, माटो उपचार बीउ राग किरा व्यवस्थापन बिरुवा उत्पादन जस्ता कार्य समेत गर्ने छ । हरेक दिन विहान ७–९ र वेल्का ३–५ वजे सम्म हाल तरकारि सन्कलन हुने कुरा अध्यक्ष रामनाथ मालिले जानकारि दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उप प्रमुख गुमादेवी आचार्य, नगरप्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष राम प्रसाद रेग्मी, दधिराम न्यौपाने, नगरपालिका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, संस्थाका उपाध्यक्ष मधुकला कुँवर , धन प्रसाद ढकाल, लगायतले आ आफ्नो भनाई राखेका थिए। संस्थाको आर्थिक गतिविधिबारे कोषाध्यक्ष जनक गौतमले प्रकाश पारेका थिए ।