बुटवल, असोज ।
पशु कल्याणमा अधि कवृद्धि दिगो विकास र समृद्धि भन्ने मुल नाराका साथ रुपन्देहीमा पनि विश्व पशुपंक्षि दिवस २०७८ विविध कार्यक्रम गरी मनाईएको छ । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीको आयोजना देवदह भलुहिमा एक विशेष कार्यक्रम आयोजवना गरी १५ औं विश्व पशुपंक्षि दिवस मनाईएको हो ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय का निमित्त सचिव तुलसीराम भण्डारीको अध्यक्षता तथा मन्त्री सुमन शर्मा रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री शुमन शर्मा रायमाझीले पशु अधिकार सम्बन्धी प्रदेश सरकार जहिले पनि सकारात्म भएको बताउनुभयो । उहाले प्रदेश सरकारले पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय नै गठन गरेर पशुपंक्षिको क्षेत्रमा काम गरेको र आगामी दिनमा पनि निरन्तर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि निर्देशनालयका प्रमुख निर्देश डा. परवेज आलमले प्रदेश निर्देशनलालय ले पशुमा लाग्ने खोरेत अभियान जारी राखेको जानकारी दिदै पशुपंक्षिको क्षेत्रमा धेरै काम गरेको जानकारी गराउनुभएको थियो । उहाँले किसानको मागमा आधारित कार्यक्रम तथा उत्पादनमा प्रतिफलमा आधारित अनुदानमा निर्देशनालय सधै सजग भएको बताउनुभयो ।
कार्यक्रम निर्देशनालयका पशु चिकित्स शुक बहादुर नेपालीको सञ्चालनमा भएको थियो । साथै सोही कार्यक्रममा कामधेनु गौशालामा रहेका ४ सय ५० गाईहरुलाई निर्देशनालयबाट भिटामिनको औषधी र जुका मार्ने औषधी समेत निःशुल्क रुपमा वितरण गरिएको थियो ।