बुटवल, भदौ ।
नेपाल नेत्रहिन संघको केन्द्रीय कार्यालय काठमाण्डौ आयोजना र रुपन्देहि शाखाको व्यवस्थापनमा ५ दिने दृष्टिविहिनता भएका व्याक्ति र तिनका परिवाहरुको लागि ५ दिने व्यासायीक बाख्रा पालन तालिम सुरु भएको छ ।
नेपाल नेत्रहिन संघको केन्द्रीय कार्यालयको संमन्वयमा सिलोम सेन्टर फर द ब्लाईन्ड कोरिया को आर्थिक सहयोगमा तालिम सुरु भएको छ । मंगलबार रुपन्देही नेत्रहिन संघको कार्यालय तामनगरमा एक औपचारिक कार्यक्रम गरी तालिमको शुभारम्भ गरिएको छ । रुपन्देहीका ७ वटा पालिकाका २० जना दृष्टिविहिनता भएका व्याक्ति तथा तिनका परिवाहरुको सहभागीता रहेको छ ।
७ पालिकाका २० जना दृष्टिविहिन भएका व्याक्ति तथा तिनका परिवाहरुको लागि बाख्रा खरिद गर्नको लागि रकम प्रदान गरिएको र बाख्रा खरिद पश्चात को तालिम आयोजना गरिएको हो ।
रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीको प्रमुख आतिथ्यता तथा नेपाल नेत्रहिन संघ केन्द्रीय निर्देशक नर बहादुर लिम्बुको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीले आफु जहिले पनि अपाङ्गता भएका व्याक्तिहरुको साथमा रहेको जानकारी दिदै आगामी दिनमा पनि सहयोग प्रदान गरिने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेपाल नेत्रहिन संघ केन्द्रीय निर्देशक नर बहादुर लिम्बु ले अपाङ्गता हुदैमा कोही पनि कमजोर नहुने भन्दै सिकेको सिप व्यवहारमा उतारेर आर्थिक उपार्जनको गतिलो माध्यम बन्नको लागि सुझाव दिनुभयो ।
नेपाल नेत्रहिन रुपन्देही श्रवण दृष्टिविहिन परियोजनाका प्रशिक्षक टिकाराम पौडेलको सञ्चालन रहेको कार्यक्रममा सल्लाहकार लोक बहादुर नेपाली, केन्द्रीय कार्यालय कार्यक्रम अधिकृत शोभा न्यौपाने, प्रशिक्षक विष्णु प्रसाद रेग्मी, प्राविधिक सुमन भट्रराईई लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले विपन्न दृष्टिविहिन भएका व्याक्तिहरुको लागि बाख्राको खोर बनाउनको लागि रुपन्देही शाखाले पहल गर्ने समेत जानकारी गराउनुभयो । उहाले यसको लागि निरन्तर अनुगमन गरिने र विपन्नता भएका व्याक्तिहरुको लागि आर्थिक अवस्था हेरिकन खोर बनाउने सहयोग प्रदान गरिने समेत बताउनुभयो ।
परियोजना अनुसार २० जनालाई बाख्रा खरिदकाका लागि प्रति परिवार २० हजार हजार प्रदान गरिएको छ । यस्तै तालिम पश्चात बाख्रो पोषणाका थप ३ बोरा दाना समेत प्रदान गरिने जनाईएको छ ।