
बुटवल । बुटवलमा आयोजित एक कार्यक्रममा दिगो खाद्य प्रणालीमा उत्पादक समूह तथा साना किसानको योगदान विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिकाका कृषक समूहहरूको सहभागिता रहेको थियो ।
महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सर्वजित विष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख देवीकुमार मिश्रा, भुमिअधिकार मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमकुमार शाही र मत्स्य विकास अधिकृत विष्णु खनालगायतले खाद्य सुरक्षामा साना किसानहरूको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा कृषक समूह महासंघका केन्द्रीय उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले विश्व खाद्य सम्मेलन तयारीका लागि उत्पादक किसान समूह तथा साना किसानले गर्न सक्ने योगदानका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी कृषक समूहलाई तीन भागमा विभाजन गरि किसानको सवलिकरणमा गर्न सकिने कामहरूको बारे कार्यशाला संचालन गरिएको थियो । कार्यक्रमको सञ्चालन मोतिराज खनालले गरेका थिए ।