बुटवल, भदौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको पुर्ण बैठक बुटवलमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको बैठकले १० बुदे बुटवल घोषणा पत्र जारी गरेको छ । बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासंघका प्रदेश अध्यक्ष खड्क बहादुर खड्काले किसानको पक्षमा जनपक्षिय रुपमा लाग्ने गरी विभिन्न १० बुदे घोषणा पत्र जारी गरिएको जानकारी गराए ।
वर्तमान सरकारले खारेज गरेको भुमिहिन अव्यवस्थित बसोबास समस्या समाधान आयोग किसानहरुको पक्षमा रहेको भन्दै यसलाई खारेज नर्गनको लागि जोडदार माग गरेको छ । किसान, भुमिहिनहरुको पक्षमा अघिल्लो सरकारले स्थापना गरेको आयोग वर्तमान सरकारले खारेज गरेकोमा हाल सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएको छ । यद्यपी यसको अन्तीम फैसला भएको छैन । महासंघले सर्वोच्च अलालतले किसानको पक्षमा फैसला गर्ने अपेक्षा व्यक्त गरेको र यदि किसानको पक्षमा नभएमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
यस्तै उखु किसानहरुको समस्या समाधानको लागि सरकारबाट ठोस पहल नभएको भन्दै उखु किसानको बक्यौता तुरुन्त दिलाउनको लागि सम्बन्धीत मिलहरुलाई सचेत गराउने यदी माग सुनवाई नभएमा कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।
महालक्ष्मी सुगर मिलको १२ करोड, लुम्बिनी सुगर मिल नवलपरासीको १ करोड ९० लाख, ईन्दीरा सुगर मिलको २ करोड २० लाख उखु किसानले पाउनुपर्ने बक्यौता बाँकी रहेको भन्दै महासंघले अविलम्ब त्यो बक्यौता रकम किसानालाई दिनको लागि माग गरेको हो ।
यस्तै पुर्ण बैठकलले नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठनको रुपमा संगठनलाई पुर्नजागरण गर्ने निर्णय गरेको छ । संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज सांसाद कमलराज श्रेष्ठले किसान जागरण मुखपत्र प्रकाशन गर्ने देखि लिएर सदस्यता विस्तारको अभियान समेत थालनी गरिने बताए ।
उनले किसानको पक्षम जनपक्षिय काम गर्नको लागि सरकारार्ला निरन्तर दबाब दिनुको साथै किसानको समस्या समाधानका लागि सहजीकरण गरिने निर्णय गरिएको बताए ।
यस्तै बैठकबाट क्रान्तिकारी भुमिसुधार लागू गर्न माग गरिएको छ भने उत्पादकत्व वृद्धि हुनेखालको कृषिलाई व्यवसायीकरण गर्नमा जोड दिने निर्णय गरिएको छ ।
हाल प्रदेशमा ५० हजार किसानमा सदस्यता रहेको संगठनले यसलाई विस्तार गरी २ लाख सदस्यता विस्तार गर्ने योजना समेत बनाएको छ ।
यस्तै पुर्ण बैठकमा अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सह ईन्चार्ज तथा पुर्व भुमि व्यवस्था तथा कृषि मन्त्री आरती पौडेल, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सह– संयोजक प्रदेश संसाद जालपा भुषाल, केन्द्रीय कार्यालय सचिव सरिता भुषाल लगायतको सहभागीता थियो । प्रदेशका १२ वटा जिल्लाबाट अध्यक्ष, ईन्चार्ज, सह ईन्चार्ज, सचिव लगायत विभिन्न प्रतिनिधिहरु गरी १ सय ७ जना किसानहरुको सहभागीता थियो ।