प्रदेशका २ निर्देशनालयको प्रगतीः पशुपंक्षिको ८४, कृषिको ६५ प्रतिशत

बुटवल, साउन ।
लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्र्तगतका दुई वटा निर्देशनालयहरुले कोरोना कहरका विचमा आशातित सफलता प्राप्त गरेका छन् । बुटवलमा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयले ८० प्रतिशत भन्दा बढि वित्तिय प्रगति र ८४ प्रतिशत सम्म भारती प्रगति (भौतिक प्रगति) गर्न सफल भएका हुन ।
गत आर्थिक बर्ष २०७७÷०७८ मा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले कुल बार्षिक बजेट मध्ये ८०.६१ प्रतिशत बजेट खर्च गरी ८४.६२ प्रतिशत भौतिक प्रगति प्राप्त गर्न सफल भएको हो ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलमा निमित्त प्रमुख डा. परवेज आलमका अनुसार निर्देशनालय मातहातका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयहरु, कुखुरा विकास फार्म, मत्स्य विकास केन्द्र, पशु सेवा तालिम केन्द्रको कार्यप्रगतिको आधारमा यो लक्ष प्राप्त गर्न सफल भएको हो ।
निमित्त निर्देशन आलमका अनुसार एकिकृत, कृषि तथा पशुपंक्षि विकास कार्यालय बर्दियाले ८०.३० प्रतिशत वित्तीय प्रगति गरी कुल ९९.७२ प्रतिशत भौतिक प्रगति प्राप्त गर्न सफल भएको छ ।
यस्तै प्रदेशको कृषि विकास निर्देशनालले आर्थिक बर्ष २०७७÷०७८मा कुल ६५.८४ प्रतिशत वित्तीय प्रगति प्राप्त गरी कुल ७७ .९० प्रतिशत भौतिक प्रगति प्राप्त गर्न सफल भएको छ ।
निर्देशनालयका प्रमुख याम नारायण देवकोटाका अनुसार निर्देशनालय मातहतरहेका जिल्लाका कृषि ज्ञान केन्द्र, कृषि व्यवसाय प्रर्वद्धन तथा सहयोग तालिम केन्द्र बाँके, मटो, मल परिक्षण प्रयोगशाला बाँके, बाली संरक्षण प्रयोगशाला, विउ विजन प्रयोगशालाहरुबाट उक्त परिणाममा लक्ष्य प्राप्त गर्न सफल भएको छ ।
मातहतका कार्यालयहरुको विवरण अनुसार कुल ६५.८४ प्रतिशत वित्तीय प्रगति प्राप्त गरी कुल ७७ .९० प्रतिशत भौतिक प्रगति प्राप्त गर्न सफल भएको हो । निर्देशक याम नारायाण देवकोटाका अनुसार गत आर्थिक बर्षमा निर्देशनालय मातहतका कार्यालयहरु सहितको कुल बजेट १ अर्व १६ करोड, ३५ लाख ६८ हजार रुपैयाँ रहेकोमा कुल ७६ करोड ६० लाख ५२ हजार ८ सय ७० रुपैयाँ खर्च गर्न सफल भएको छ । गत आर्थिक बर्षमा सबैभन्दा बढि निर्देशनालय मतहतको कार्यालयमा कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र बाँकेले कुल ८६.७१ प्रतिशत वित्तीय रकम खर्च गरी कुल ९७.८२ प्रतिशत भौतिक प्रगति हासिल गर्न सफल भएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

© 2024 krishipatra All right reserved