बुटवल, साउन ।
लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले साना किसान लक्षित अनुदान तथा अन्य कार्यक्रम आउनुपर्ने बताएका छन् । हाल सम्म किसानको नाममा ठुला नामधारी किसानहरुले लाभ लिएको भन्दै मन्त्री यादवले कार्यविधि संसोधन गरेर भएपनि स साना किसानहरुलाई समेट्ने गरी मन्त्रालयले कार्यक्रम ल्याउने बताएका हुन ।
बुटवलमा आयोजना गरिएको कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा कार्यक्रमलाई संम्बोधन गर्दै मन्त्री यादवले अव स सानो क्षेत्रमा, स सानो स्केलमा काम गर्ने किसानले पनि सरकारको अनुदान, प्रोत्साहन पाउने बताएका हुन ।
यसको लागि कार्याविधि नै संसोधन गरेर भएपनि अधितम रुपमा किसान लाभांवित हुने गरी कार्यक्रम मन्त्रालयले ल्याउने मन्त्री यादवको भनाई रहेको छ ।
कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले भने–‘अवको कार्यक्रम भनेको स साना किसानहरुलाई समेट्ने गरी आउनुपर्दछ भन्ने मेरो मान्याता हो, जसमा हामी यो आर्थिक बर्षदेखि नै काम सुरु गर्दछौ । ’
मन्त्रालय मातहतका केही कर्मचारीहरुको कारण अनुदान वितरण, प्रोत्साहन कार्यक्रममा लापरवाही भएको र वदनमा गरिएको भन्दै मन्त्री यादवले यसको लागि अव सरकारले कडा भन्दा कडा रुपमा अनुगमन गर्ने बताएका हुन ।
खासगरी ठुला पहुँचवाला किसानहरुले हाल सम्म सरकारको अनुदान, सहुलियत कर्जा पाएको बताउदै उनले अव यसो नहुने बताएका छन् । सानो क्षेत्रमा खेती किसानी गरेका भुमिहिन, किसानहरुको लागि सरकारले ठोस काम गर्ने भन्दैे मन्त्री यादवले यसको लागि अनुदान कार्यविधि नै संसोधन गरिने बताएका हुन ।
कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य तेज बहादुर बस्नेतले उत्पादनमा आधारित कार्यक्रम ल्याउनको लागि निर्देशनालय, मन्त्रालय मतहतका कार्यालयहरुलाई सुझाव दिएका थिए । मन्त्रालय र निर्देशनालय मतहतका सबै जिल्लाका कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको समिक्षा गोष्ठीमा प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. परवेज आलमले आफ्नो आफ्नो मतहतका कार्यालयहरुको कार्यप्रगति विवरण बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावारण मनत्रालयका निमित्त सचिव नारायणदेव भट्राई, प्रदेश एडीएस विज्ञ डा. डिल्लीराम भण्डारी, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीमरण पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।दुई दिन सम्म चल्ने गोष्ठीमा प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतरहेका सबै कार्यालयहरुको प्रगति समिक्षा गरिने कार्यक्रम रहेको छ ।