लुम्बिनी प्रदेशमा ५ लाख पशुमा खोरेत खोप लगाईयो

बुटवल
लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनाले चालु आर्थिक बर्षमा ५ लाख पशु चौपायमा खोरेत विरुद्धको खोप लगाएको छ ।
नेपालभरमा पहिलो पटक लुम्बिनी प्रदेश सरकारले सुरुवात गरेको खोरेत विरुद्धको अभियान अन्र्तगत चालु आर्थिक बर्षको अन्त्य सम्ममा ४ लाख ९६ हजार ५६ डोज खोप लगाइएको हो । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि.निर्देश डा. परवेज आलमका अनुसार प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा खोप अभियान लगाइएको थियो । ६ जिल्लाका ५९ वटा पालिकामा चलाईएको खोप अभियान अन्र्तगत उक्त खोप लगाइएको हो ।
नवलपरासी र रुपन्देही जिल्लामा १ लाख ५० हजार डोज, कपिलवस्तु जिल्लाम ५४ हजार १सय ५६ डोज, दाङ जिल्लामा ८० हजार डोज, बाँके जिल्लामा १ लाख ३५ हजार डोज, बर्दिया जिल्लामा ७६ हजार ९ सय डोज गरी कुल ४ लाख ९६ हजार ५६ डोज खोप लगाइएको हो । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका नि. प्रमुख डा. परवेज आलमले आगमी बर्ष पनि खोप कार्यक्रम निरन्तरता रहने छ । पहिलो चरणमा ६ जिल्लाका गाई भैसी मा खोप लगाईएकोमा आगामी बर्ष बंगुर, भेडा बाख्रामा पनि खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
खोपको विषयमा बुुधवार समिक्षा गरिएको छ । बुटवलमा आयोजना गरिएको समिक्षा कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले खोप कार्यक्रम अत्यान्तै महत्पूर्ण कार्यक्रम रहेको भन्दै छाडा चौपायहरुको नियन्त्रण गर्न सकेमा रोग फैलावट हुन बाट जोगिने बताए । उनले यसको लागि प्रदेश सरकारले प्रत्येक पालिकामा एउटा एउटा गौसाला निर्माणका लागि सहयोग गर्न सक्ने भन्दै आवश्यकता अनुसार चौपाया व्यवस्थापना अहिलेको आवश्यकता रहेको बताए ।
समिक्षा कार्यक्रममा बोल्दै प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले खारेत रोग उन्मुलनका लागि लुम्बिनी प्रदेश सरकारले मात्रै पहल गरेर नहुँने भन्दै संघीय सरकारबाट अन्य प्रदेशहरुमा पनि अभियानको रुपमा खोप कार्यक्रम चालु हुनुपर्ने बताए । आगामी बर्ष खोप व्यवस्थापनका लागि थप आर्थिक व्यवस्थापन लगायतको व्यवस्था गरिएको भन्दै उनले पशु स्वाथ्य कार्यकर्ताहरुको लागि जोखिम विमा, भत्ता समेत वृद्धि गरिएको जानकारी दिए ।
कार्यक्रममा पशु क्वारेन्टाईन कार्यलय भैरहवाका प्रमुख डा. गान्धीराज उपाध्याय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. उत्तम आचार्य, दुग्ध उत्पादक किसान सहकारी संघ रुपन्देही अध्यक्ष लेखनाथ पाण्डे, मत्स्य विकास निर्देशनालय मत्स्य शाखा प्रमुख रिम बहादुर थापा, एनएलएसी परियोजना प्रमुख डा. पुरुसोत्तम त्रिपाठी, मन्त्रालय पशु पंक्षि विकास शाखा अधिकृत हुमकान्त पाण्डे,पशुपंक्षि महाशाखा निर्वतमान प्रमुख डा.प्रदिप शर्मा पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

© 2024 krishipatra All right reserved