
बुटवल, असार,
लुम्बिनी प्रदेश सरकारले किसान लागि कृषि प्राविधिक कार्यक्रम ल्याएको छ । प्रदेश सरकारको बजेट सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सबै पालिकामा कृषि प्राविधिक राखिने जानकारी गराएका हुन । प्रत्येक किसान परिवारको किसान योजना कृषि ९ सय ८३ कृषि प्राविधिक का लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्येक पालिकामा एक÷एक अधिकृत स्तरको कृषि प्राविधिक र वडामा प्राविधिक को व्यवस्था गरिएको छ । अनुदान प्रतिफलमा आधारित प्रदान गर्ने गरी थप परिमार्जजित गरिने भएको छ ।
बजेटमा एक पालिका एक स्मार्ट कृषि गाउँलाई प्राथमिकता दिईएको छ भने पालिका एक पालिका उत्पादन लाई समेत जोड दिइएको छ । साथै हाल कृषि ज्ञान केन्द्र र भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नभएका जिल्लाहरुमा थप पशु पंक्षि तथा कृषि कार्यालय स्थापना गरिने भएको छ ।
कृषि कर्मी रोजगारका लागि ६ करोड विनियोजन गरिएको छ । भने एक वडा एक हरित स्वयम सेवकलाई नमुना फर्म स्थापना ललागि बजेट विनियोजना गरिएको छ । जसको लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।