बन्द भए रुपन्देहीका १ सय २२ स्थानका हाटबजार

  • भौतिक दुरी कायम गरेर तरकारी विक्रि गर्न पाउनुपर्ने माग
  • बुटवल, कोराना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरु बन्दा गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको हो ।


    बुटवल ६ मा रहेको पुरानो हाटबजार शनिवार विहान देख प्रहरी परिचालन गरी हाट बजार बन्दा गराईएको हो । विहान बजारमा समान लिएर गएका व्यवसायीहरु आ आफ्नो सामान लिएर फिर्ता गएका छन् । यता दैनिक उपभोग्य बस्तु , तरकारी को हाट बजारमा व्यवसाय गर्दे आएका व्यवसायीहरुले भने आफुहरुले भौतिक दुरी कायम गरेर तरकारी विक्रि गर्न पाउनुपर्ने माग गरेका छन् ।


    च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको बस्तु को उत्पादन सहज रुपमा विक्रि गर्न पाउनुपर्ने बताए ।उनले खासगरी किसान उत्पादित बस्तु खेरा जान नदिनको लागि हाट बजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर बस्तु विक्रि गर्न पाउनुपर्ने बताए । यसको लागि च्याउ लगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरु सकारात्मक रहेको उनको भनाई रहेको छ ।

    रुपन्देहीमा शनिवार देखि लाग्दै आएका सबै हाट बजारहरु बन्द भएपछि हाट बजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन विक्रि गर्ने बताउवरण मिलाउन आग्रह गर्ने भएको छ । जसको लागि आईतबार समय तय गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जिसीले जानकारी दिए ।

    © 2024 krishipatra All right reserved