यस्तो रह्यो कृषिमा मन्त्री आरती पौडेलको कार्यकाल

  • १ करोड सम्मको कृषि ऋणको ब्याजमा अनुदान दिने व्यवस्था मिलाउने कामको सुरुवात
  • बुटवल, बैशाख । प्रदेश सरकार स्थापना भएको लामो समय सम्म एक मात्रै महिला मन्त्रीको रुपमा लुम्बिनी प्रदेश सरकारमा सहभागीता जनाएकी आरती पौडेल हाल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट विदा हुनुभएको छ ।
    लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका देशकै नमुना कामको सुरुवात गरेकी गर्नुभएको थियो । देशमा पहिलो स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएर एक निर्वाचन क्षेत्र एक स्मार्ट गाउँ संगै प्रत्येक पलिकामा यसलाई विस्तार गर्न सफल हुनुभयो ।
    हाल लुम्बिनी प्रदेश सरकारकै उद्योग पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मबोरी सम्हाल्न पुग्नुभएको मन्त्री पौडेललले प्रदेश सरकारमा अन्य १ महिला मन्त्री र एक राज्य मन्त्रीको साथ पाएकी छिन् । प्रदेश सरकार स्थापनाको कालमा चुनौतिका विचमा काम सुरुवात गरेकी मन्त्री पौडेलले नाकाबन्दी, कोरोना कहरको विचमा किसानहरुलाई राहत प्रदान देखि लिएर उत्पादनमा आधारीत अनुदान वितरणमा समेत विशेष पहल गर्दै आएकी आउनुभएको थियो ।
    हाल प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेबारीमा प्रदेशको कृषि, वन तथा वातावरण समितिका सभापती विजय बहादुर यादव आउनुभएको छ । उक्त मन्त्रालयबाट विदा भएकी मन्त्री पौडेलले नव नियुक्त मन्त्री यादवलाई केही महत्पुर्ण कार्यको जिम्मेबारी छाडेर जानुभएको छ । संघिय र स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समधान को लागि पहल गर्ने, कसानले उत्पादन गरेका बाली बस्तुहरुको बजारको सुनिश्चतता लागि न्यूनतम समर्थन मुल्यका तोकी सहकारी, समूह तथा निजी फार्मको सहकार्यमा कार्यान्वयन गर्ने, र कृषि पेशा गर्न इच्छुकहरुका लागि १५ लाखसम्मको बिना धितोको ब्यवस्था र ब्याज सरकारले तिरिदिनुका साथै १ करोड सम्मको कृषि ऋणको ब्याजमा अनुदान दिने व्यवस्था मिलाउने कामको सुरुवात गर्दै गर्दा विदा भएकी मन्त्री पौडेलले यसको जिम्मा नव नियुक्त मन्त्री यादवलाई छाडेका काम हुन ।
    व्याजमा अनुदान कार्यक्रम प्रदेश सरकारले हाल कार्यान्वयनमा रहेको छ यद्यपी विना धितो कृषि कर्म गर्ने व्याक्तिहरुको लागि परियोजना धितो राखेर काम अगाडी बढाउने काम भने मन्त्रालयको नयाँ र महत्वकाँक्षि योजनाको रुपमा रहेको थियो । विना धितो १५ लाख सम्म कृषि कर्जा प्रदान गर्ने, काम प्रदेश सरकारले नयाँ कामको रुपमा सुरुवात गर्दै छ । यद्यपी यो विषयमा बैंक तथा वित्तीय संस्थाहरुले भने खासँ चाँसो दीएको पाइएको छैन ।
    तत्कालिन कृषि मन्त्री आरती पौडेलले कृषि तथा पशुपन्छी सम्वन्धीका कार्यालयहरूलाई अनुदानमुखी कार्यालय भन्दा पनि १ जिल्ला १ श्रोत केन्द्र कार्यक्रम मार्फत कृषिको विकास तथा प्रबिधि गर्ने कार्यालयका रुपमा विकास गर्ने योजना अगाडी बढाएकी थिईन । यस्तै मन्त्रालयको अगुवाईमा हाल प्रदेशमा लक्षित वर्गमुखी(युवा, महिला, द्वन्द्व पिडित, दक्षिणी सिमानाका नागरिक) गरिबी निवारणका कार्यक्रम जारीरहेको छ । जुन मन्त्री आरती पौडेलको पहलमा सुरुवात भएको कार्यक्रम हो ।
    मन्त्री निर्वतमान कृषि मन्त्री आरती पौडेलको पहलमा स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशु मिसन कार्यक्रम, सहकारी विकास कोष स्थापना भई कार्यान्वयनमा आएका छन् । यस्तै कृषिकर्मी रोजगार कार्यक्रम, जग्गा नहुने किसानहरुको लागि भाडामा करार खेती कारार खेती कार्यक्रम समेत कृषि मन्त्री आरती पौडेलले सुरुवात गर्नुभएको छ ।
    हाल लुम्बिनी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेबारी सम्हाल्न पुगेकी आरती पौडेलले भन्नुभयो्–‘आफ्नो अनुभव, तथा सबैको साझा पहलबाट वन, वातावारण क्षेत्रमा प्रदेश र प्रदेशवासीहरुको हितमा काम गर्ने छु । ’
    कृषि, वन वातावरण एक अर्काका परिपुरक जस्तै भएको भन्दै मन्त्री पौडेलले कृषि वनको अवधारणालाई प्रदेश सरकारले अगाडी बढाएको र यसलार्य पुर्णरुपमा कार्यान्वयन गर्ने बताउनुभयो । –@बुटवल टुडे कृषि पृष्ठ

    © 2024 krishipatra All right reserved