
बुटवल, बैशाख ।
नेपालमा दास्रो लहरको कोभिड १९ अर्थात कोरोना भाईसरको प्रकोप विस्तारै फैलिदै छ । छिमेकी देश भारतमा दैनिक लाखौंको संख्यामा कोराना संक्रमितहरुको संख्या थपिदै गर्दा यसको प्रत्यक्ष प्रभाव ढिलो चाडो नेपालमा पनि पर्ने निश्चित छ । सोही अनुसार रुपन्देही जिल्लाको सबैभन्दा बढि उपभोक्ताहरुको भिडभाड हुने स्थान हो हाट बजार ।
जिल्लाका सबै १ सय २२ स्थानमा हाल पनि हाट बजार निरन्तर रुपमा लाग्दै आएका छन् । प्रत्येक दिन जसो हाट बजारमा उपभोक्ताहरुको भिडभाड विभिन्न स्थानहरुमा हुदै आएको छ । यद्यपी प्रशासनले हाल सम्म पनि हाट बजार बन्द गर्ने वा अन्य कुनै पनि निर्णय गर्न सकेको छैन । हाट बजारमा व्यवसाय गर्ने व्यवसायीहरुले सामान्य सजगता अपनाएको पाइए पनि उपभोक्ताहरुले भने यसमा ‘खास सचेतना’देखाएको पाईदैन ।
रुपन्देही जिल्लामा विस. २०२४ सालमा सेमरा बजारबाट सुरुवात भएको हाट बजार व्यवसाय हाल जिल्लाका १ सय २२ स्थान भन्दा बढि ठाउँमा हाट बजार लाग्दै आएको छ । बुटवलमा नियमित जसो बुटवल हाटबजार बुटवल ५, देवीनगर हाटबजार, दिपनगर हाटबजार स्थलमा नियमित जसो हाट बजार लाग्दै आएको छ । यसको अलवामा भैरहवा, ठुटीपीपल, कोटिहवा, भलवारी, ड्राईभर टोल, मणिग्राम, खैरेनी, मुर्गीया, रानीवगीया, फर्साटिकर, हरैया लगायतका स्थानमा नियमित जसो हाट बजार लाग्दै आएको छ ।जुन स्थानहरु अली बढि मात्रामा उपभोक्ताहरुको भिडभाड हुने स्थानको रुपमा रहेका छन् ।
हाट बजार व्यवसायी संघ रुपन्देहीका अनुसार अन्य स्थानमा भन्दा केही सस्तो र एकै स्थानमा दैनिक उपभोग्य सामान देखि लत्ता कपडा, जुत्ता लगायतका खाद्यान्न सबै पाईने भएको कारण उपभोक्ता तथा व्यवसायीहरुको पनि हाट बजार मोह बढ्दो छ ।
कतिपय हाट बजार व्यवसायीहरुले विभिन्न बार अनुसार दिन विराएर घुम्ते रुपमा व्यापार गर्दै आएका छन् । हाल हाट बजार व्यवसायीमा ५० हजार भन्दा बढि व्याक्तिहरु प्रत्यक्ष रुपमा सहभागी रहेको हाट बजार व्यवसायी संघ रुपन्देहीको तथ्यांक छ ।
हाट बजार व्यवसायी संघ रुपन्देहीका निर्वतमान अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार पछिल्लो समयमा हाट बजारमा उपभोक्ताहरुको संख्या घट्दै गएको छ ।नेपालमा दोस्रो चरणको कोभिड संक्रमण बढ्दै गएपछि उपभोक्ताहरु आफै सचेतना अपनाएर हाट बजारमा आउने परिपाटी कमी हुदै गएको उनको भनाई छ । उनी भन्छन्–‘हामी व्यवसायीहरु पनि पुर्णरुपमा सचेत छौं, व्यवसायीहरुले पनि पुर्णरुपमा स्वाथ्य मापदण्ड अपनाएर व्यवसाय गर्नुपर्दछ भन्ने विषयमा सचेतना अपनाएर काम गरेका छौं । ’
हाट बजार व्यवसायी संघले भोलीका दिन देखि नै विभिन्न स्थान, हाट बजार लगायतका स्थानमहरुमा स्वाथ्य मापदण्ड अपनाउनको आग्रह सहितका लागि माईकिङ्ग गर्ने योजना बनाएको छ । हाल सम्म हाट बजारमा व्यवसाय गर्नेव्वयाक्तिहरुमा कोभिड को दोस्रो चरणको संक्रमण देखिएको छैन । व्यवसायीहरुले खासगरी संभावित जोखि न्युनीकरणका लागि अनिवार्य माक्सको प्रयोग लगायत सेनीटाईजरको प्रयोगलाई समेत विशेष जोड दिएका छन् ।
हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जिसीले जिल्ला प्रशासन लगायतका बाट सम्म हाट बजार बन्द गर्ने निर्देशन वा सूचना प्राप्त नभएकोले जिल्ला संघको सचेतना फैलाएर सञ्चालन गर्ने काम जारी रहेको जानकारी दिए ।
अध्यक्ष जिसीले हाल तिलोत्तमा क्षेत्र, भैरहवाका क्षेत्रका सबै जसो हाट बजार क्षेत्रमा दुरी कायम, सहित अनिवार्य माक्स र स्यानीटाईजरको प्रयोग अनिवार्य गरिएको जानकारी दिदै सोही अनुसार को काम अगाडी बढाएको जानकारी दिए ।
हाट बजार व्यवसाय तत्काल बन्द गर्न नहुने व्यवसाय भएको कारण हाट बजार व्यवसायीले दुरी कायम गरी व्यवसायीहरुको विचमा आत्मीयता अपनाएर सञ्चालन गर्ने गरी निर्णय गरिएको छ ।
हाट बजार व्यवसायी संघ जिल्ला समितिले निर्णय गरेर गरेर नै दुरी कायम सहितको बजार सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला समितिको बैठकले व्यवसायलाई पुर्णरुपमा बन्द हुननदिनका लागि अनिवार्य रुपमा नेपाल सरकार स्वाथ्य मन्त्रालय, विश्व स्वाथ्य संगठनले अवलम्बन गरेको स्वाथ्य मपादण्ड लाई पालन गर्ने निर्णय गरेको हो ।
#butwaltoday daily