
बुटवल, बैशाख ।
लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार तथा जिम्मेबारी हेरफेर गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराउनुभएको हो । जस अनुसार लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विजय बहादुर यादव नियुक्ती हुनुभएको छ । यस अघि उक्त मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आउनुभएका बाँकेका मन्त्री आरती पौडेललाई प्रदेशको उद्योग, वन तथा वातावारण मन्त्रालयको जिम्मेबारी प्रदान गरिएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले जिम्मेबारी हेर फेर गर्दै बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना र ग्रामिण तथा सहकारी विकास मन्त्रालयको जिम्मेबारी प्रदान गर्नुभएको छ । यस अधि मन्त्री चौधरी प्रदेश सरकारको प्रवक्ताका साथै भौतिक योजना तथा पुर्वाधार मन्त्रालयमा हुनुहुन्थ्यो । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वाथ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेबारी लिला गिरीलाई प्रदान गरिएको छ । यस अघी मन्त्री गिरी उद्योग पर्यटन वन तथा वातावारण मन्त्रालयमा हुनुहुन्थ्यो ।
यस्तै नव नियुक्त मन्त्री सन्तोष पाण्डेलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी प्रदान गरिएको छ । यस्तै नव नियुक्त राज्यमन्त्री सुमन शर्मा रायमाझीलाई भौतिक पुर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेबारी प्रदान गरिएको छ ।