लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघद्धारा कोरोना सचेतना शुभकामना आदान–प्रदान

  • तथा नयाँ बर्षको क्यालेन्डर विमोचन
  • बुटवल लुम्बिनी फलफुल,तरकारी थोक व्यवासयी संघको आयोजनामा वि.स. २०७८ सालको शुभकाना आदान प्रदान, कोडिभ १९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी शुभकाना आदान प्रदान, कोभिड १९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन गरिएको हो ।
    लुम्बिनी फलफुल,तरकारी थोक व्यवासयी संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यातमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जगदिशचन्द्र आचार्यले कोडिभको विषयमा सरकारले अपनाएको मापदण्डलाई पुर्णरुपमा पालन गर्नका लागि आग्रह गर्नुभयो । उहाले सबै जना आ–आफ्नो स्थानबाट सचेतना भएमा कोभिड सम्बन्धी समस्यालाई निराकरण गर्न सकिने बताउनुभयो ।


    कार्यक्रममा विशिष्ठ आतिथी बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष घनश्याम भुषालले कोडिभको समयमा व्यवसायीहरुले खेलेको भुमिका महत्पूर्ण रहेको भन्दै उनले व्यवसायीक हित र स्वाथ्यमा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक बाली संरक्षण अधिकृत राम बहादुर खत्री, लुम्बिनी फलफुल–तरकारी थोक व्यवसायी संघका पुर्व अध्यक्ष वजिर शाहक, निर्वतमान अध्यक्ष केशव कुँवर, राधा कृष्ण टोल विकास समितिका अध्यक्ष यादव गैरे, प्रेस सल्लाहकार कृष्ण खनाल लगायतले ले शुभकाना मन्तव्य राखेका थिए । कार्यक्रम कृष्ण प्रसाद पोखरेलको स्वागत तथा महासचिव मेघनाथ पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    © 2025 krishipatra All right reserved