बुटवल रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण हुने भएको छ । संघीय सरकार अन्र्तगतको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको ससर्त अनुदानमा उक्त कोल्ड स्टोर निर्माण हुन लागेको हो ।
सैनामैना नगरपालिका वडा नम्बर–३ मुर्गियाम कोल्ड स्टोर निर्माण हुने छ । चिस्यान केन्द्रको आईतबार सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले सिलन्यास गर्नुभयो । संघीय सरकारबाट बाट प्राप्त १ करोड रुपैयाँ मध्ये साढे ६५ लाख रुपैयाँ लागतमा कोल्ड स्टोरको भौतिक संरचना निर्माण हुने छ ।
२ तला स्टील स्टिक्चरको भवन मा ५ सय मेट्रिक टन कृषि जन्य बस्तु स्टोरेज गर्न सकिने क्षमता रहेको सैनामैना नगरपालिका का सव ईन्जीनियर प्रदिप कुमार गिरीले जानकारी दिनुभयो ।
कोल्ड स्टोर शुभारम्भ कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले किसानले उत्पादन गरेको बस्तुलाई बेमौसममा पनि बढि मुल्यमा विक्रि किसानलाई आर्थिक रुपमा समृद्धि बनाउनको लागि कोल्डस्टोर निर्माण गरिने जानकारी दिनुभयो । नगरपालिकाले किसानको उत्पादनले मुल्य नपाउने अवस्था अन्त्यका लागि निरन्तर पहल गरिरहेको भन्दै नगर प्रमुख कार्कीले दुध, माछा मासु, अण्डा, तरकारीमा नगरपालिका आत्मनिर्भर भएको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस रुपन्देही जिल्लाका उप सभापती फडिन्द्र प्रसाद शर्मा, यस्तै नेकपा एमाले क्षेत्र नम्बर ५ ईन्चार्ज नर बहादुर थापा, कार्यक्रममा नेकमा आओवादी केन्द्रका नगर ईन्जार्च नारायण महत, नगरस्तरिय कृषि समिति संयोजक शेर बहादुर न्यौपाने लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । वि.स. २०७८ असार महिनामा निर्माण पुरा गर्ने गरी कोल्ड स्टोरको निर्माण जिल्लामा लक्षिम सजल निर्माण सेवा ले लिएको छ । कुल ६५ साल ५१ ह्जार १ सय १६ रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।