बुटवल कोभिड १९ को कारण कृषि क्षेत्रमा नराम्रो संग असर प¥यो । कयौ किसानहरुको उत्पादनले बजार पाएन भने सहरमा मानिसहरुले महंगोमा कृषि जन्य उत्पादन किन्न बाध्य हुनुप¥यो । यहि विचमा प्रदेश सरकार, स्थानिय तहरुले किसानको दुध सहजरुपमा विक्रि गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन ग¥यो । जसको कारण कयौ किसानहरुले राहत पाए । सोही अनुसार दुधजन्य पदार्थको पनि विक्रि वितरण सहज रुपमा भयो । सरकार, सहकारी, सुमुह वा किसानले समेत कृषि एम्बुलेन्स मार्फत कृषि जन्य बस्तु, दुध तथा दुग्धजन्य बस्तुको विक्रीवितरण सुरु गरे । यसरी सुरु भएको सडकका कृषि जन्य बस्तु विक्रीको कार्य दुधमा हाल सम्म भने जारी रहेको छ । हाल पनि सडक, किनारामा साँझ र विहान दुध विक्रि गरिरहेको पाईन्छ ।
खासगरी अन्य डेरी तथा डेरी जन्य पदाार्थ विक्रि गर्ने स्थानमहरुमा भन्दा केही सस्तो गरी सडकमा दुध विक्रि गर्ने व्यवसायीहरुबाट विक्रि वितरण गर्ने गरिएको पाइएको छ । खासगरी विहानको दुध विहा न नै ल्याएर सडकमा नै विक्रि वितरण गर्दै डेरी व्यवसायीहरुले भने यसको आलोचना गरेका छन् भने जनस्वाथ्यका जानकार तथा सरोकारवालाहरुले समेत यसमा विरोध जनाएका छन् ।
स्वाथ्यको दृष्टिकोणबाट सडकमा खुल्ला रुपमा विक्रि गर्ने गरी राखिएको दुध राम्रो नमानिने भएको कारण यसको असर प्रत्यक्ष जनस्वाथ्यमा पर्ने भएको कारण जनस्तरबाट यसको विरोध भएको हो । यद्यपी हाल पनि सडक किनारामा दुध का गाडी वा केन राखेर दुध विक्रि गरिरहेको पाइएको छ । रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष अमृत सिंह भण्डारीले सडकमा दुध विक्रि गर्नु आफैमा गम्भिर लापरवाही भएको बताएका छन् । यो विषयमा प्रसासनको सहयोगमा दुध विक्रि बन्द गर्नका लागि पटक पटक पहल गरिएको उनको भनाई छ । खासगरी डेरी व्यवसायीमा आवद्ध व्याक्तिहरुबाट नै सडक किनारामा दुध विक्रि गर्ने परिपाटी भएको भन्दै अध्यक्ष भण्डारीले जनस्वाथ्यको दृष्टिकोणबाट समेत असर पर्ने भएको कारण यो कार्य अन्त्य हुनुपर्ने बताउँछन् ।
उनी भन्छन्–‘विषम परिस्थतिको कारण सडक किनारामा दुध तथा दुग्धजन्य बसस्तुको विक्रि वितरण गर्दै आइएको हाल पनि यसलाइृ निरन्तरता दिनु आफैमा नराम्रो पक्ष हो । ’
यो विषयमा स्थानिय निकाय, जिल्ला प्रशासन लगायतका विषयमा जानकारी दिइएको र सर्वपक्षि भेला आयोजना गरी सडककमा खुल्ला दुध विक्रि गर्न नपाउने व्यवस्था गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीको भनाई रहेको छ ।
यता, रुपन्देही जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पनि जनताको स्वथ्यमा नराम्रो असर पर्ने खालको कार्य जो कोहीबाट हुन नहुने भन्दै यो विषयमा आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउने बताउँछन् । कानुन अनुसार नै डेरी व्यवसायी तथा उद्योगहरु सञ्चालन उनको भनाई छ ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल दाहालले उपभोक्ता हित तथा संरक्षण नियमवाली २०७६ अनुसार निदिष्ठ गरिएको मापदण्मा रहेर डेरी पसल, व्यवसाय वा उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले सडमा दुध विक्रि गर्न पाउने नियम कहि कतै नभएको भन्दै ढिलो चाडो बन्द हुने बताउँछन् ।
कार्यालय प्रमुख दाहलले गत बर्षको मंसिर महिना देखि नै खुल्ला दुध तथा अन्य दुग्धजन्य बस्तु विक्रि वितरण गर्न नपाउने गरी नियम लागू भएको भन्दै सोही अनुसार कारवाही प्रक्रिया अगाडी बढेमा तयार रहनका लागि डेरी तथा अन्य डेरीजन्य बस्तु सञ्चालकहरुलाई आग्रह गरेका छन् ।
बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत टेकराज पन्थी ले किसान तथा दुग्धजन्य बस्तु विक्री गर्ने व्याक्तिहरुले अव सिल्ड प्याक, लेवल लगाएको बस्तु मात्रै विक्रि गर्न पाउने नियम भएको कारण सोही अनुसार व्यवस्था गर्नु पर्ने बताउँछन् । खासगरी उपभोक्ता संरक्षण, हित ऐनमा यो विषयमा प्रष्ट उल्लेख भएको भन्दै ढिलो चाडो कारवाहीको भागीदार हुनुपर्ने उनको भनाई रहो छ ।
दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम गुणस्तर निर्देशिका २०७५ अनुसार दूध दुहुने भाँडो सफा र सुख्खा हुनु पर्नेछ ।
दूध दुहेर अर्को भाँडोमा खन्याए पछि दुहेको भाँडो तुरुन्तै तातो पानी वा साबुन÷डिटरजेन्ट पानीले सफा गरी सफा स्थानमा घोप्ट्याएर राख्नु पर्नेछ। दूधमा पानी लगायत अन्य कुनै पनि बाह्य पदार्थको मिसावट गर्नु हुँदैन । गुणस्तर बिग्रेको, स्वाद बिग्रेको, फाटेको वा बिगौती दूध प्रशोधनको लागि सङ्कलन केन्द्र/चिस्यान केन्द्र/प्रशोधन केन्द्रमा लैजानु हुँदैन ।
दूध दुहेपछि सङ्कलन केन्द्र/चिस्यान केन्द्र वा प्रशोधन कारखानामा बढीमा २ घण्टा भित्र पुयाउनु पर्नेछ। बिहानको दूध बिहान र बेलुकाको दूध बेलुकै सङ्कलन केन्द्रमा पुयाउनु पर्नेछ ।
बिरामी पशुको उपचार पशु चिकित्सकको सिफारिसमा गर्नु पर्नेछ । थुनेलो, क्षयरोग लगायतका कुनै पनि संक्रामक रोग लागेका पशुबाट उत्पादित दूध बिक्रिवितरणको लागि सङ्कलन केन्द्र÷सहकारी संस्थामा लैजानु हुँदैन । पशुलाई खुवाउने दाना पदार्थ स्वच्छ, गुणस्तरीय र पोषणयुक्त हुनुपर्नेछ । कुहिएको, ढुसी परेको वा कुनै कारणले स्वच्छता बिग्रिएको खाद्य पदार्थ पशु आहारको रूपमा प्रयोग गर्नु हुँदैन। दूध उत्पादन गर्दा असल पशुपालन अभ्यास, असल पशु चिकित्सा अभ्यास तथा असल सरसफाई अभ्यास गर्नुपर्ने प्रावधान रहेको छ ।
सोही निर्देशिका अनुसार दुध संकलन सम्बन्धी व्यवस्थामा दूध सङ्कलन गर्दा स्वच्छता एवम् गुणस्तर कायम राख्न देहायका कार्यहरू गर्नु पर्ने उल्लेख गरेको छ ।
(क) सङ्कलन भएको दूध यथासक्य चाँडो २ घण्टाभित्र चिस्यान केन्द्रमा पुयाउन सकिने गरी सङ्कलन केन्द्र स्थापना गर्नु पर्नेछ ।
(ख) कुनै विषम परिस्थिति परी समयमा नै दूध चिस्यान केन्द्र पुर्याउन नसकिएमा काँचो दूधलाई (५७–६८) ड्ढऋ मा १०–२० सेकेण्डसम्म तताएर तुरुन्तै चिसो पारी चिस्यान केन्द्र पठाउन सकिनेछ ।
(ग) दूध ढुवानीको लागि प्रयोग गरिएका भाँडा, क्यान, आदि सफा गर्न पर्याप्त पानी र अन्य व्यवस्था मिलाउनु पर्नेछ । किसानले दूध ल्याएका भाँडा सफा गरेर मात्र पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।
(घ) सङ्कलन केन्द्रमा सडक र बिजुलीको सुविधा हुनु पर्नेछ । सङ्कलन केन्द्रबाट निष्काशित फोहोरको उचित व्यवस्थापन गर्नु पर्नेछ ।
(ङ) दूध सङ्कलन आल्मुनियम वा स्टेनलेस स्टिलबाट बनेका भाँडा वा क्यानमा मात्र गर्नु पर्नेछ ।
(च) थुनेलो, क्षयरोग लगायतका कुनै पनि संक्रामक रोग लागेका पशुबाट उत्पादित दूध खरिद तथा बिक्रिवितरण गर्न नहुने उल्लेख गरिएको छ ।