रुपन्देहीको कञ्चनगाउँपालिकामा रानी खेत रोगले लोकल कुखुरा सखाप

बुटवल ।कुखुरामा लाग्ने रानी खेत रोगले कुखुरा सखाप भएपछि कृषकहरु निरास भएका छन । निकै मेहनतका साथ पालन गरी विक्रि हुने बेलामा कुखुरा धमाधम मर्न थालेपछि कुन कृषकहरु चिन्तित भएका हुन ।
रोगले खोरका कुखुरा सखाप भएपछि रुपन्देहीको कन्चन गाउंपालिका ३ झारगैरा भगवती टोलका नहलसिंह कुंवर अहिले हार गुहार गर्दे हिडेका छन । ‘दुख गरेर लोकल कुखुरा पालियो वेच्ने वेलामा मरेर सकिए ।’ उनको दुखेसो छ– ऋणधन गरेर व्यवसाय गरेको घरखेत नै हुने भो ।’
उनले केही वर्ष अघि २१ लाख खर्च गरेर लोकल कुखुरा फारम संचालन गरेका थिए । खोरका ५ सय १९ वटा कुखुरा मर्दा उनले झण्डै ६ लाख रुपैया गुमाउनु परेको छ । ‘खोर बनाउदा पनि खर्च भयो, कुखुरा वेचेर ऋण तिरम्ला सोचेको थिए विजोग नै भयो ।’ उनले भने– कही कतैबाट राहत पनि पाईएन ।’ उनले पालेको कुखुरा चैत्र १८ गतेदेखि मर्न थालेका हुन । ४ दिनमा खोरका नै सखाप भए ।
उनले उपचारको लागि दौड धुप नगरेका पनि होईनन । रोग पत्ता लगाउदा लगाउदै खोर रित्तीयो । शुरुका दिनमा उनले कुखुराबाट आशा गरेका थिए । प्रतिकेजी जिउदो ६ सयका दरले विक्रि गर्दा दुख गरेको निस्कन्छ कि भन्ने लागेको थियो । एक्कासी खोरमा रोग पसेपछि उनि निरास भएका हुन । कुखुरा पालक कृषकले समयमै रोगको पहिचान गर्न न सक्दा धेरै क्षेती वेहोर्नु परेको जानकारहरु बताउछन ।
रानी खेत रोग पारामिकसो प्रजातिको भाइरस को कारण हुने रोग मानीन्छ । भारतमा यो रोग सर्वप्रथम उत्तरान्चल को रानीखेत भन्ने ठाउँमा पहिचान भएकोले रानीखेत रोग नामारण गरीएको अभिलेख पाइन्छ ।

यो रोग संक्रमीत दाना पानी भाडा कुडा जंगली चराहरुको माध्यवाट फैलीन्छ ।सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, हरियो रंग को पातलो सुली छेर्ने, पखेटा, खुट्टाको पक्षघात हुने, नरम पातलो फूलको वोक्रा हुने, गर्दन वटारने, फुल उत्पादन ५० प्रतिशत सम्म कम हुन यसको लक्षण हो । वथानमा मृत्यु दर ८० प्रतिशत हुन सक्छ । यो रोग मानीसमा पनी सर्न सक्छ । मानिसमा आँखा पाक्ने लक्षण देखिन्छ । यस रोग वाट बचाउन कुखुरा पाल्ने खोरमा जैविक सुरक्षाको उचीत ब्यवस्थापन गरीनु पर्दछ । कुखुराका चल्लालाई उमेर तथा खोपको किसिम एवं तालीका अनुसार वेलैमा यो रोग विरुद्ध खोप लगाउनु पर्दछ । रानी खेतबाहेक कुखुरामा वढि देखिने रोगहरुमा ब्रुडर निमोनिया, प्लुरोम रोग, कोली वसीलोसीस, कक्सीडियोसीस , गंम्वोरो, फवल पोक्स, बर्ड फ्लु हुन ।-butwal_today

© 2024 krishipatra All right reserved