बुटवल, रुपन्देहीको सैनामैना नगरपालिका कृषिमा राम्रो संभावना बोकेको स्थानिय तह हो । नगरपालिकामा कृषि क्षेत्रमा पछिल्लो समयमा केही उदाहरणीय कार्य अगाडी बढाएको छ । खासगरी कृषि जन्य उपकरण अनुदानमा प्रदान गर्ने देखि लिएर उत्पादन सुनिश्चिता कार्यक्रमहरुमा समेत विशेष जोड दिइएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की बताउँछन् ।
नगरपालिकाले किसानलाई तरकारीके विउ अनुदानमा उपलब्ध गराउने देखि लिएर मिनि टेलर सम्म अनुदानमा वितरण गर्दै आएको छ । खासगरी कृषि यन्त्रीकरणमा जोड दिई सोही अनुसारको कृषिमा आमुल परिर्वतन ल्याउने योजानको साथमा नगरपालिकाले हाल कृषि पठशाला कार्यक्रम पनि निरन्तरता दिएको छ ।
नगरपालिकाको निश्चित स्थानमा नियमित रुपमा किसानहरुका लागि कृषक पाठशाला सञ्चालन हुदै आएको छ । जसबाट सयौंको संख्यामा किसानहरु लाभांवित भएका छन् ।
गत माघ महिनामा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुुदानमा हिउँदे तरकारीको बिउ वितरण गरेको थियो खासगरी करेसाबारीमा हरिया जातका तरकारी खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले यहाँका कृषक समुहलाई तरकारीको बिउ वितरण गरिएको शाखा प्रमुख सिर्जना खनाल बताउछिन् । सैनामैनाका ११ वटै वडाका ६० वटा कृषक समुह,५ वटा फर्म र १ वटा सहकारीलाई बिउ नागरपालिकाले अनुदानमा विउ उपलब्ध गराएको थियो । बिउमा १ सय ५० केजी दालबोडी , १ सय ५० केजी मुम, प्लास्टिक मल्चिङ्ग २५ रोल, विभिन्न लहरे तरकारीहरु ः लौका, करेल,घिरौला,काक्रा,फर्सी लगायत प्रदान गरिएको थियो ।
यस्तै नगरपालिकाले चालु आर्थिक बर्षमा मा नै नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिदै आएको बताउँदै कृषकहरुलाई प्रोत्साहन स्वरुप समय समयमा अनुदानमा कृषि उपकरण र मौसम अनुसारको बीउ वितरण गरिएको नगर प्रमुख चित्र बहादुर कार्कीको भनाई छ ।
नगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार करिब १५ लाखको बजेटमा १२ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण नगरिएको नगरको कृषि विकास शाखा संग तथ्यांक छ । यस्तै नगरपालिकाले गत जेठ महिनामा सावा साब एक – १ सय ३३ क्वीन्टल, राम धान ४० क्वी न्टल, चैते पाच – १० क्वीन्टल, राधा चार – ६ क्वीन्टल, बहुगुणी २.५ क्वीन्टल गरी कुल १९५.५ क्वीन्टल धानको बिउ बितरण गरेको थियो ।
यस्तै नगरपालिकाले गत मंसिर महिनामा मौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० वटा घार वितरण थियो ।
नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा मौरी पालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ जना कृषकहरुलाई दुई दुई वटाका दरले मौरीको घार प्रदान गरिएको थियो । नगरले मौरीका घार संगै मौरी पालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काट्ने जाली, चक्कु , माहुरो ब्रस, घार स्टापड लगायतका १७ वटा सामग्रीहरु प्रदान गरिएको थियो ।
मंसिर महिनामा नै नगरपालिकाले किसानालई प्रोत्साहन स्वरुप ५० प्रतिशत अनुदानमा थप माहुरीकोे घार प्रदान गरेको छ । कृषि शाखा प्रमुख अनुसार किसानको मागअनुसार शाखाले १ सय वटा घार र आधार चाका प्रदान गरेको हो । किसानले माग अनुसार नै प्रति किसान १५ वटा सम्म माहुरीका घार प्राप्त गरेका छन् । हाल नगरमा १७ जना माहुरी पालन कृषक छन् ।
यस्तै नगरपालिकाको नगरको वडा नं. ७ देवापार स्थित बहुतल्ले कृषक समुहलाइ कृषि सामग्री प्रदान गरेको छ । केही समय पहिला कोभिड – १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्र्तगत आईएनजिओको सहयोगमा उक्त कृषि सामग्री प्रदान गरिएको हो । परियोजना अन्तर्गत ५ बिघा भन्दाबढी क्षेत्रफलमा १६ जनाको कृषक समुहले कागती, ड्रागन, आँप मेवा सँगै भित्री खेती तर्फ करेला, काँक्रा , लौका, जुखुनि, फर्सी, गोपी लगायतको तरकारी खेती गरिएको छ । कृषि सामग्री तर्फ १४ वटा मिनी टेलर, ५ वटा वेएडर, २ ओटा क्यासटेसन मेसिन र एउटा मिनि थ्रेसर लगायतका सामग्री किसानलाई प्रदान गरिएको छ ।
किसानको आम्दानी बढ्यो
नगरपालिकाले कृषि तथा कृषि जन्य उत्पादनमा अनुदान, यन्त्रीकरणमा सहयोग गरेपछि नगरको उत्पादकत्वको वृद्धि भएको पाइएको छ । नगरको कृषि विकास शाखाका अनुसार अघिल्लो बर्षको तुलनामा यो बर्ष तरकारी जन्य उत्पादनमा वृद्धि हुनुको साथै खेती गर्ने स्थानमा समेत बढोत्तरी आएको छ । अघिल्लो आर्थिक बर्षमा नरपालिकाले २ स्थानमा मात्रै किसान पाठशाला सञ्चालनमा ल्याएको थियो । यो बर्ष भने नगरपालिकाले ११ वटै वडामा पाठशाला सञ्चालनमा ल्याएको जनाएको छ । जसबाट २ सय ७५ कृषक प्रत्यक्ष तरकारी उत्पादनमा लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४ महिना सञ्चालन गरेको गुणरस्तरिय बालि उत्पादन आईपिएम प्रविधिको तालिममा सहभागीता जनाए पछि कृषकले ब्यसायिक तरकारी उत्पादनमा लागेका हुन । कृषकले आलु, बन्दा गोपि , फुल गोपि , टमाटर खेती तर्फ आकृषित भएका नगरपालिकाको दावि छ । कृषकहरूलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला सञ्चालन गरिएको हो । कृषक पाठशालाले कृषकलाई आधुनिक तरिकारले तरकारी उत्पादन गर्न सिकाउँदै नगरको उत्पादनमा ५ प्रतिशतले बृद्धि गरेको दाबी नगरपालिकाको छ । अर्गानिक तरकारी उत्पादनमा करिब २५ प्रतिशत जनचेता बृद्धि भएको नगरको दावि छ । चालु आर्थिक वर्षमा ११ लाख बजेट छुट्टाएर ११ वटै वडामा पाठशाला सञ्चालन गरिएको हो ।
यसको अलवा नगरपालिकाले कृषि सडक निर्माणको साथै यसको निरन्तर अनुगमन समेत गर्दै आएको छ । किसानको उत्पादन गाउँ देखि विक्रि स्थल सम्म पु¥याउने सडकको रुपमा लिएको कृषि सडक निर्माणाको कामलाई निरन्तरता दिएको जनाइएको छ । साथै कृषि सडक र सैनामैना चक्रपथले पनि सोही प्रकृतिको किसानलाई फाईदा पुगेको नगरपालिकाको भनाई छ ।