
प्रविधि एक्काइसौं शताब्दीको निलो क्रान्ति हो । यस प्रविधिमा पानीको गुणस्तर व्यवस्थापन गरी दाना व्यवस्थापन गरिन्छ । यस प्रविधिमा हाईड्रोफोनिक याक्टेरियाको विकास गरी अमोनियालाई रुपान्तरण गरी नाइट्रोजनश फोहोरबाट व्याक्टेरियाको सदुपयोग गरिन्छ । सडेगलेका, फोहोर जुन नाइट्रोजनको रुपमा रहन्छ त्यसलाई प्रोबायोटिक्सको माध्यमबाट प्राटेनिसियश फिड उपलब्ध हुन्छ । माछाको लागि प्रोटिन दाना आवश्यक हुँदा कार्वन र नाइट्रोजनको भाग मिलाएर अति आवश्यक र उच्च गुणस्तरको पोषक तत्व माछाको छिटो वृद्धि विकास एफसिआर घटाउन यस प्रविधिले उल्लेखनिय योगदान गराउँछ । परम्परागत मत्स्य पालनमा भन्दा बयोफ्लक प्रविधिमा पानीको आवश्यकता ज्यादै न्यून हुन्छ, यसमा पोषकतत्वको पुनः चक्रण, कम दानाबाट शारीरिक तौल बढाउनुका साथै यो प्रविधि नयाँ हुँदा यसका चुनौति पनि उत्तिकै रहका छन् ।
निरन्तर पोखरी वा पानीको अनुगमन गर्नुपर्ने हुँदा यस प्रविधिमा प्राविधिक जनशक्तिको आवश्यकता रहन्छ । कार्वन स्रोतमा अत्याधिक निर्भर हुने हुुँदा यस प्रविधिमा कार्वन स्रोतको छनौट सही ढङ्ग र बुद्धिमानी तरिकाले गर्नु पर्दछ । यस प्रविधिमा जीवाणुले भिटामिन उत्पादन नगर्ने हुँदा त्यस्ता आवश्यक भिटामिनहरूको पहिचान गरी दाना मार्फत आपूर्ति गर्नु पर्छ । यस प्रविधिको सफलता नेपाली मत्स्य कृषकको लागि लायक प्रमाणित हुन सक्दछ ।
परिचय
बायोफ्लक पानीको गुणस्तर बढाउने प्रविधि हो । जसमा अतिरिक्त कार्वन हाली वा बाहिरी कार्वनका स्रोत, दानामा कार्वन सामाग्री राखी पानीको गुणस्तर बढाइन्छ । यो प्रविधि शुद्ध नयाँ चल्ती प्रविधि नेपालमा अभ्यास गरिएको छ । इन्डोनेशियाबाट सन् १९७० बाट शुरु भएको यस प्रविधिमा धेरै फाइदा रहे पनि हालसम्म जम्मा २०–२५ प्रतिशत माछा पालन मात्र विश्वमा सफल छ । नेपालको चितवनमा यो प्रविधि शुरु भई विराटनगर, काठमाडौं, रुपन्देही आदिमा यो आयोजना प्रोजेक्ट पाइलटको रुपमा लागू छ ।
बायोफ्लक प्रविधि
जब पानीमा कार्वन र नाइट्रोजनको सन्तुलन हुन्छ तब एमोनिया र नाइट्रोजन फोहोरहरू व्याक्टेरिया, बायोमास बन्दछ । हेटेरोट्रोफिक व्याक्टेरियाको उत्तेजित विकास र नाइट्रोजनको उपभोक्ता निकाल्न प्रोटिन, कार्बोहाइडे«टद्वारा प्रचारित गरिन्छ । व्याक्टेरियाको वृद्धिको परिमाण स्वरुप, अमोनिया एकाग्रतामा घट्दो नाइट्रिफिकेशन भन्दा बढी छिटो हुन्छ किनकी हेट्रोट्रोफिकको प्रति ईकाइ सब्सटे«टमा वृद्धि दर माइक्रोवियल बायोमास उपज नाइट्राइफिन व्याक्टेरिया भन्दा कारण १० बढी हो । पोखरीमा वृद्धि हुनेसमूह भनेको हेट्रोट्रोफिक व्याक्टेरिया, रोटिफर, लेउ, ढुसी, नखाएको दाना, माछाको विष्टा आदि हुन् ।
बायोफ्लकको आकार १–२००गm हुन्छ जुन १०००गm सम्म पुग्दछ । बायोफ्लकको आकारमा अनियमित हुन्छ र तरल पदार्थमा सजिलै संकुचन योग्य हुन्छन् । फ्लकमा २–२० प्रतिशत जीवित माइक्रोवियल सेलहरू हुन्छन्, ६०–७० प्रतिशत प्राङ्गारिक पदार्थ र ३०–४० प्रतिशत कूल अजैविक पदार्थ हुन्छन् । एउटा बायोफ्लकले ४ समूहमा समावेश गर्दछन् ।
१. Bacterial Colonyव्याक्टेरिया उपनिवेश
२.Filamentous Bacteriaफिलामेन्टस व्याक्टेरिया
३. Absorbed Matter अवशोषित पदार्थ
४. Algae शैवाल
बायोफ्लकको अवधारणा
द्यत्ँ को मुख्य उद्देश्य भनेको उच्च कार्वनः नाइट्रोजन अनुपात कायम राख्दै पोषक नाइट्रोजनयुक्त फोहोरलाई रिसाइकल गर्नु हो । कार्वनका स्रोतहरू जस्तै गुण, गहुँको चोकर र गहुँका पदार्थहरू व्याक्टेरियाको विकासमा योगदान गर्दछन् र ऋस्ल् अनुपातलाई कायम राख्दछन् । रोग नियन्त्रण गर्न कम दानाबाट उच्च शारीरिक वृद्धि गर्न पनि यस प्रविधिको विशेषता रहेको छ । फ्लक बन्न विभिन्न वातावरण जस्तै तापक्रम, एज, घुलित अक्सिजन, प्राङ्गारिक पदार्थ आदि महत्व हुन्छन् । अजैविक नाइट्रोजनको संचय कम गर्ने यसको दृष्टिकोण एक व्यवहारिक र सस्तो प्रविधि लाग्दछ । माइक्रोवियल प्रोटिन निर्माण गर्न यस प्रविधिमा प्रोवायोटिक्सको निकै महत्व छ ।
कार्य सम्पादन
BTF व्याक्टेरियाले जैविक पदार्थहरू खान्छन् ।
C6H12O6+6O2→6Co2+Energy व्याक्टेरियाहरू प्रोटिनले बनेको हुँदा त्यसलाई नाइट्रोजन चाहिन्छ । त्यसैले व्याक्टेरियाले रसायनिक शक्ति प्रयोग गरी अक्सिजनको खपत गर्ने हुँदा एरिएसन राख्नु पर्दछ ।
व्याक्टेरियाका कार्य शर्तहरू
व्याक्टेरियालाई धेरै उपलब्ध खाना चाहिन्छ । प्रशस्त प्राङ्गारिक पदार्थ हुनुपर्ने र पोखरीमा एरिएशन व्यवस्था हुनुपर्ने साथै पोखरीको तलमाथीको पानी सही तवरले मिश्रित हुनुपर्ने साथै एउटा पोखरीमा व्याक्टेरियाको संख्या ज्ञण्ट देखि ज्ञण्ढरअmघहुनु पर्दछ जसले गर्दा यसको कार्य सम्पादन राम्रो हुन्छ ।
बायोफ्लक टेक्नोलोजिमा माछालाई खुवाउने चार्ट
२ प्रतिशत दाना दैनिक माछाको तौल अनुसार
↓
२० ग्राम दानाको जोड प्रति किलो माछा प्रति दिन
↓
५ ग्राम प्रोटिन मिश्रित प्रति किलो माछा प्रति दिन
↓
०.८ ग्राम नाइट्रोजनको जोड प्रति किलो माछा प्रति दिन
↓
०.६ ग्राम नाइट्रोजन प्रति किलो माछा प्रति दिन पानीमा सकिन्छ
↓
६ ग्राम कार्वन प्रति किलो माछा प्रति दिन बायोफ्लक उत्पादनको लागि आवश्यक हुन्छ