दुधको विषयमा रुपन्देही डेरी व्यवसायीसमितिद्धारा अन्तरक्रिया

बुटवल रुपन्देही डेरी व्यवसायी समितिको आयोजानमा दुधको बर्तमान अवस्था, चुनौतिको विषयमा अन्तरक्रिया गरेको छ ।
संस्थाका अध्यक्ष अमृत सिंह भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले कानुन अनुसार नै डेरी व्यवसायी तथा उद्योगहरु सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले व्यवसायीहरुको हितको लागि आफु जहिले पनि तयार रहेको भन्दै यसको लागि सरकारले निर्देष्ठ गरेका नीति तथा नियमहरुको पुर्णरुपमा पालन गर्नका लागि गर्नुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल दाहालले उपभोक्ता हित तथा संरक्षण नियमवाली २०७६ अनुसार निदिष्ठ गरिएको मापदण्मा रहेर डेरी पसल, व्यवसाय वा उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै उनले रुपन्देहीको डेरी जन्य उद्योग तथा व्यवसाय अन्य विदेशी देशहरु संग प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत टेकराज पन्थी, बुटवल उपमहानरपालिका अनुगमन समितिका सदस्य सचिव टोपलाल शर्मा, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेल, सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष टिकाराम पाण्डे, ग्लोवल डेरी उद्योग प्रालिका अध्यक्ष थानेश्वर न्यौपाने लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम महासचिव पदम प्रसाद पौडेलको सञ्चालनमा भएको थियो ।

© 2022 krishipatra All right reserved