बुटवल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजानमा प्रदेशमा जारी शुलभ कर्जा सहजीकरण व्याजमा अनुदान कार्यक्रम सम्बन्धी प्रादेशिक गोष्ठी बुटवलमा सम्पन्न भएको छ । गोष्ठीलाई संवोधन गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सरकारले ल्याएको कार्यक्रमको उच्चतम प्रयोग गर्नकालगि आग्रह गर्नुभयो ।
सरकारले ल्याएको योजनालाई उच्चतम प्रयोग गरी लाभ लिनको लागि सरकारले सहजीकण गरेको जानकारी दिदै मन्त्री पौडेलले यसमा सबैको साथ र सहयोग भएमा कार्यक्रमले पुर्णरुपमा सफलता प्राप्त गर्ने बताउनुभयो ।
गोष्ठीमा बोल्दै प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाललले किसानहरुको हितमा रहेर काम गर्नका लागि आग्रह गर्नुभयो ।
गोष्ठीमा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले अधिकतम रुपमा किसान मैत्री कार्यक्रमको रुपमा शुलभ कर्जा सहजीकरण कार्यक्रम ल्याएको बताउनुभयो । कार्यक्रमा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रमुख तुलसीराम भण्डारी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । गोष्ठीमा प्रदेशका १२ वटै जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका प्रमुख, फोकल पर्सन तथा शुलभ कर्जा सहजकर्ताहरु तथा बैक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि र विमा कम्पनीका फोकल पर्सनको सहभागीता रहेको थियो ।