स्मार्ट कृषि गाउँ कार्यक्रममा नतिजामुखी काम गर्न कृषि मन्त्रीको आग्रह

  • सहकारी मार्फत कार्यक्रम सुरुभएको ५ बर्ष पछि पनि निरन्तरता दिन आग्रह
  • बुटवल- लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँ प्रदेश गौरवको कार्यक्रम रहेको भन्दै नतिजामुखि काम गर्नको लागि स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाई तथा सम्बन्धीत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
    पछिल्लो समयमा सरकारले अपेक्षागरेको भन्दा पनि भौतिक पुर्वाधार निर्माणमा स्मार्ट कृषि गाउँ केन्द्रीत रहेको भन्दै उहाँले तत्काल उपलब्धीमुलक काममा सरकारको बजेट खर्च गर्नको लागि आग्रह गर्नुभयो ।
    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय को आयोजानमा मंगलपुरमा सम्पन्न ‘स्मार्ट कृषि गाउँ कार्यक्रमको योजना तर्जुमा तथा समिक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँलाई सधैभरी सरकारले सहयोग गर्न नसक्ने भन्दै ५ बर्षमा सहकारीको रुपमा परिणात गर्ने गरी कार्यायोजना तयार भैरहेको भन्दै मन्त्री पौडेलले समुह,सहकारी मार्फत कार्यक्रम सुरुभएको ५ बर्ष पछि पनि निरन्तरता दिन आग्रह गर्नुभएको हो ।
    कृषि क्षेत्रमा काम धेरै भएपनि तत्काल उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको भन्दै मन्त्री पौडेलले स्मार्ट कृषि गाउँलाई अन्य कार्यक्रममा पनि समेट्ने गरी कार्यक्रम ल्याउन समेत सकिने जानकारी गराउनुभयो ।
    शुलभ कर्जा, प्रोत्सहनमा आधारित अनुदान लगायतका कार्यक्रममा समेत समेटिन सकिने भन्दै उनले यसको लागि तथ्य तथ्यांक पुर्णआवधीक विवरण राख्नको लागि आग्रह गर्नुभयो । उहाले भन्नुभयो –‘उत्पादन मुलक काममा विशेष जोड दिएर काम गर्नु आवश्यक छ, भौतिक पुर्वाधारका कुरा विस्तारै आउछन् ।’
    समिक्षा गोष्ठीलाई संवोधन गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले स्मार्ट कृषि गाउँको कार्यक्रम सन्तोषजनक रुपमा नदेखिएको भन्दै बाली विकास भएमा ३ महिना भित्र र अन्य पशुपंक्षि विकास तर्फको काममा कम्तीमा ६ महिना देखि १ बर्ष सम्म मा नतिजा आउने गरी काम गर्नको लागि स्मार्ट कृषि गाउँ कार्यान्वन ईकाई, मन्त्रालय मातहतका निर्देशनालय, ज्ञान केन्द्र, विज्ञ केन्द्र तथा एकिकृत कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।

    सचिव पौडेलले सरकारको लगानीमा कोही कसैले पनि खेलवाड गर्न नहुने भन्दै कार्यक्रम सकिएपछि पनि निरन्तरता दिने काममा अगागी बढ्नको लागि समेत आग्रह गर्नुभयो । कार्याशाला गोष्ठीमा लुम्बिनी प्रदेशका ७५ वटा स्मार्ट कृषि गाउँ कार्यान्वयन ईकाईका संयोजक तथा सहजकर्ता, मन्त्रालय मातहतका ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषि तथा पशुपंक्षि विकास एकिकृत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
    प्रतिनिधिमुलक रुपमा एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरे, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा. चन्द्रमान रानाले प्रतिनिधिमुलक कार्य प्रगति विवरण प्रस्तुत गर्नुभयो । भने पशुपंक्षि तर्फ र कृषित र्फको विषयलाई विभाजन गरी छुट्टा छुट्टै कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो ।
    कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रमुख तुलसीराम भण्डारी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्ययोजना गोष्ठी तथा समिक्षा गोष्ठीको उदेश्यमाथी योजना तथा अनुगमन महाशाखा प्रमुख सन्देश धितालले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पशु विकास अधिकृत हुमाकान्त पाण्डेले गर्नुभएको थियो ।

    © 2024 krishipatra All right reserved