कृषिका कार्यक्रम बनाउँदा दोहोरापना हुन नहुनेमा जोड

  • कार्यक्रममा एकरुपता आवश्यक
  • बुटवल संघीयता कार्यान्वयन संगै स्थापना भएका कृषि सम्बन्धी विभिन्न निकायको कार्यक्रम सञ्चालन हुँदा दोहोरोपना नहुनको लागि एकिकृत कार्यक्रम आवश्यक रहेको सहभागीहरुले निस्कर्ष निकालेका छन् ।
    कृषि विकास निर्देशनालय बुटवलको आयोजानमा भएको विषयगत संघ संस्थाहरुसंगको छलफल गोष्ठी कार्यक्रममा बोल्दै संघीयता कार्यान्वयन संगै संघीय सरकार, प्रदेश र स्थानिय तहले ल्याउने कार्यक्रममा एकरुपता आवश्यक रहेको कुरामा जोड दिइएको हो ।
    कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले कुनै पनि कार्यक्रममा डुब्लीकेशन हुन नदिनको लागि समयमा नै सचेतना आवश्यक रहेको बताउनुभयो ।

    उहाँले यसको लागि पुर्व तयारी गर्नको समेत मातहतका कार्यलयहरुलाई आग्रह गर्दै समयमा नै योजना बनाउने परिपाटीले कार्यक्रम डुब्लीकेशन हुनबाट बच्न सकिने बताउनुभयो । कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले समयमा नै कार्ययोजना सम्पन्न गरी कार्यक्रमको दोहोरापाना हटाउन सकिने बताउनुभयो ।

    कार्याशाला गोष्ठीमा एडीएस विज्ञ डा. डिल्लीराम भण्डारीले, बरिष्ठ बालि विकास अधिकृत राम गोविन्द आर्या, बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायीक किसानले आ आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जोन, सुपर जोन,निजि संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र निर्देशनालय मतहतका कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, स्थानिय तहका कृषि विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

    © 2025 krishipatra All right reserved