बालीका रोग,किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी

  • कृषि ज्ञान केन्द्र, एकिकृत कार्यालय र स्थानिय तह कृषि प्राविधिकहरुको सहभागीतामा
  • बुटवल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा बालीका रोग/किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ ।
    लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, एकिकृत कार्यालय र स्थानिय तहमा रहेको कृषि विकास शाखाका कृषि प्राविधिकहरुको सहभागीतामा बुटवलमा गोष्ठी आयोजना गरिएको हो ।
    कृषि विकास निर्देशनालयका बरिष्ठ बाली विकास अधिकृत राम गोविन्द आर्याको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाका बरिष्ठ बैज्ञानिक विनिता शर्मा, प्लान्ट क्वारेन्टाईन कार्यालय बेलहिया प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत कुलदिप घिमिरे, कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी, गो कृषि कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक विक्रम नेपालीले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।
    कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्रीको सञ्चालनमा भएको कार्यक्रममा कृषि विकास निर्देशनालय कृषि प्रसार अधिकृत अनिल कुमार बानिया, कृषि प्रसार अधिकृत आशा भण्डारी लगायतको सहभागीता रहेको थियो ।

    © 2025 krishipatra All right reserved