रामपुरमा आलु ब्लक कार्यक्रमको सार्बजनिक सुनुवाई

  • छ सय रोपनी क्षेत्रफलमा आलु ब्लक कार्यक्रम संचालन
  • रामपुर (पाल्पा)- विजयपुर कृषि सहकारी संस्था रामपुर नगरपालिका पाल्पाले आलु ब्लक कार्यक्रमको खर्च सार्वजनिक गरिएको छ । सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो । विजयपुर कृषि सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पाको २३ लाख वजेट सहयोगमा आलु ब्लक कार्यक्रम गरेको छ ।
    अध्यक्ष रेग्मीले रामपुर नगरपालिका वडा नं ६ मा सहकारीमार्फत छ सय रोपनी क्षेत्रफलमा आलु ब्लक कार्यक्रम संचालन भएको जानकारी दिदै कृषि ज्ञानकेन्द्र पाल्पाको २३ लाख र कृषकको लागत सहभागीता २३ लाख गरी कुल ४६ लाखको लागतमा आलु ब्लक कार्यक्रम संचालन गरिएको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख खेमराज घिमिरेले कृषि कार्य गर्न चाहानेलाई सरकारले धेरै सहयोग गरेको बताउनुभएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले रामपुरमा संचालन भएको आलु ब्लक कार्यक्रम अत्यन्तै राम्रो भएको बताउँदै पाल्पा जिल्लामै रामपुर नमुना कृषिका रुपमा अगाडी बढेको बताउनुभयो ।
    कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, शिवप्रसाद बण्जाडे लगायतले आफ्ना भनाई राख्नुभएको छ । उपाध्यक्ष घनश्याम देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव एकराज ढकालले गर्नुभएको हो । कार्यक्रममा सहभागीलाई संचालक समिति सदस्य लेखनाथ रेग्मीले धन्यवाद दिनुभएको हो ।

    © 2022 krishipatra All right reserved