कफिलाई लुम्बिनीको ब्राण्ड बनाऔं, सरकारले सघाउँछ : मन्त्री पौडेल

बुटवल, लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशमा खेती हुदै आएको कफि को उत्पादन, प्रशोधन र विक्र वितरणमा सरकार सहयोगी बन्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्यूठान, अघार्खाखाँची जिल्लामा खेती हुदै आएको व्यवसायीक कफी लाई प्रदेश सरकराले सघाउने प्रतिवद्धता जानउनुभएको हो । कफि विकास बोर्डको आयोजनामा बुटवलमा आयोजना गरिएको ‘बोर्ड, प्रदेश सरकार र स्थानय तह’ विचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किसानहरुको हितको लागि प्रदेश सरकार जहिले पनि सकारत्मक रहेको उनले कफि किसानहरुको हितको लागि पनि प्रदेश सकरार सकारत्मक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय चिया कफि विकास बोर्डका अध्यक्ष डा. विष्णु प्रसाद भट्राईले चियाको उद्गम स्थल गुल्मी र लुम्बिनी प्रदेशलाई नमुना बनाउने गरी काम गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाल, जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बुटवलका सचिव डा. रेवती रमण पौडेल, कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटा लगायतको सहभागीता रहेको थियो ।

© 2025 krishipatra All right reserved