बुटवल स्वदेशमा पनि उनलाई खासै समस्या थिएन, शंकरनगर र काठमाण्डौमा आफ्नै घर । काठमाण्डौमा मा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१ आरती चौकका शुनिल कुमार पाण्डे जापान तिर लागे । आफ्नै दाजुसंगै काम गर्ने गरी जापान गएका पाण्डेले त्यहा एक उद्योगमा काम गर्दथे । वर्किङ्ग भिषामा जापान गरेका शुनिल कुमार पाण्डेले जापाना मासिक ढाई लाख तलब बुझ्थे ।
जापनामा करिव १ बर्ष सम्म बसेका उनलाई जापानको वातावारण, समुदाय मन परेन । त्यहाँ रहँदा उनले केही स्थानिय पशुपालन फर्ममा गएर अध्यायन गरेका थिए । फुर्सदको समयमा बाख्रा, गाई फार्म लगायतका फर्ममा मा उन पुग्थे र त्यसको अध्ययन गर्दथे । जापान गएको १ बर्षमा नै उनले आफ्नो मन बदले । सोँच बनाए ‘आफ्नै गाउँमा गएर व्यवसायीक रुपमा नै बाख्रा फर्म खोल्छु । ’ भिषा अवधी अझै २ बर्षको हुँदा हुदै पनि उनी नेपाल फर्कीए ।
स्वदेशमा आएका उनी काठमाण्डौंमा रहेको आफ्नो घरमा बसेन्न । उनी आफ्नो पुर्खौली घर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१ आरती चौकमा आए । व्यवसायीक रुपमा बाख्रा पालन गर्ने सोँच बनाएका पाण्डेले खोर बनाउने सामान मगाएर एक जना सहयोगी मिस्त्रीको सहयोगमा खोर निर्माण गरे ।
वि.स. २०७५ सालमा स्थानिय ३० वटा बाख्रा खरिद गरी सुरुगरेको उनको फर्ममा अहिले ६६ वटा बोयर जातको बाख्रा छन् । स्थानिय जातको बाख्रा पालन सुरुवात गरेका उनले विस्तारै व्यवसायीक रुपमा जोड दिदै उन्नत जातको बोयर बाख्रा पालन गरिरहेका छन् ।
३० वटा स्थानिय जातको बाख्रा बाट सुरु भएको उनको ‘लुम्बिनी गोट फार्म’ ले हाल सम्म १ सय ५० भन्दा बढि बाख्रा विक्रि गरिसकेको छ । २५ कठ्ठा क्षेत्रफलमा उनले बाख्राको लागि फर्म स्थापना गरेका छन् भने डेढ विघा जग्गा लिज(भाडा)मा लिएर व्यवसायीक रुपमा घाँस खेती समेत गरेका छन् ।
हालै मात्रै नगर प्रमुख नगरप्रमुख दायित्व ग्रामीण उद्यम कार्यक्रम तिलोत्तमाले उत्कृष्ठ युवा उद्यमीको रुपमा नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको छ । पाण्डेल फर्ममा दुई जना कामदार राखेका छन् भने अन्य काम आफै गर्दछन् । हाल फर्ममा रहेका ६६ भन्दा बढि बाख्रा उनको ७५ प्रतिशत हुन । भविश्यमा प्रदेशकै नमुना बोयरको स्रोत केन्द्रको रुपमा विकास गर्ने गर्ने उनले हाल सम्म ५० लाख बढि लगानी गरेका छन् । आधुनिक खोर निर्माण गरी बाखा्रा पालन गर्दै आएका उनलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उन्नत जातको बोयर बोका प्रदान गरेको छ भने दायित्व परियोजनाले पुरस्कार स्वरुप ५० हजार र १ लाख रुपैयाँ उनलाई प्रदान गरेको छ । हाल बार्षिक ७ लाख रुपैयाँ खर्च कटाएर आम्दानी गर्दै आएका युवा उद्यमी पाण्डे भन्छन्–‘मलाई जापान भन्दा यहि नै प्यारो छ ।’
आम्दानी विदेशमा नेपालको तुलनामा बढि हुने भएको भएपनि तर आत्मसन्तुष्टी नेपालमा हुने उनको तर्क छ । उनी भन्छन्–‘पैसा आवश्यक बस्तु हो तर पैसाले सबै थोक दिन नक्दैन, परिवार, स्वदेश नै प्यारो हुन्छ । ’
अवको ३ बर्षमा ३ सय बढि शुद्ध बोयर बाख्रा स्टकको रुपमा पालन गर्ने र प्रदेशमै नमुना रिसर्च सेन्टर स्थापना गर्ने सोँच बनाएका शुनिल कुमार पाण्डेले यसलाई आफुले पुरा गर्ने बताउँछन् । केही रकम बैंक बाट ऋण लिएका उनले अझै खोर विस्तार गर्ने योजना बनाएका छन् । बाखा्रा सबैको विमा समेत गरेका उनको फर्मबाट गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, दाङ्ग देखि पुर्वमा हेटौडा सम्म बाट बोयर बाख्रा, पाठा पाठी, बोका खरिदको लागि माग आउने गरेको हुन्छ । सोही अनुसार उनले ति स्थानहरुमा पु¥याउदै समेत आएका छन् ।
व्यवस्थापन शंकायमा स्नाकोत्तर तह पुरा गरेका पाण्डेले करिव ६ बर्ष सम्म काठमाण्डौमा ग्रामेन्ट व्यवसाय समेत चलाएका थिए । @butwaltoday_daily_krishi_page