लुम्बनी प्रदेशमा खोरेत रोग नियन्त्रण अभियान नवलपरासीको बर्दघाटबाट सुरु

  • रोगको बढि संभावित ६ जिल्लाहरुमा यो अभियान जारी रहने
  • बुटवल लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले प्रदेशमा खारेत रोग उन्मुलन अभियानको सुरु गरेको छ । अभियान अन्र्तगत पहिलो चरणमा खारेत विरुद्धको खोप लगाईने छ । अभियानको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ बाट औपचारिक रुपमा सुरुवाात भएको छ ।
    निर्देशनालयको आयोजानमा बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपताका गाईमा खारेत विरुद्धको खोप लगाएर अभियानको थालनी गरिएको हो । खोप लगाउनको लागि खटिएका पशु सेवा प्राविधिकहरुलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले खोप, किट वितरण गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।

    अभियानको सुरुवात गर्र्दै मन्त्री पौडेलले पशु चौपायमा डरलाग्दो समस्याको रुपमा रहेको खारेत रोग उन्मुलनको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले सबैको साथ भएमा देशबाट नै खारेत उन्मुलन गर्न सकिने भन्दै यसको लागि लुम्बिनी प्रदेश संगै देश व्यापी अभियान संगै छिमेकी देशमा समेत अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारीले पहिलो चरणमा नवलपरासी जिल्लाको बर्दघाटबाट सुरुवात भएको अभियान बर्दिया सम्म पुग्ने जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कुल २ लाख ८ हजार पशुमा खोप लगाउने योजना रहेको भन्दै  रोगको बढि संभावित ६ जिल्लाहरुमा यो अभियान जारी रहने जानकारी दिनुभयो ।
    कार्यक्रममा बर्दघाट नगरपालिकाका उपम प्रमुख मायादेवी पौडेलले नगरपालिकामा कृषि संकलन केन्द्र निर्माणको लागि मन्त्रालयले साथ सहयोग दिनुपर्ने बताउनुभयो । उहाले खोप अभियानमा नगरपालिकाले पुर्णरुपमा साथ र सहयोग गर्ने भन्दै नगरपालिकाबाट खटिएका कर्मचारीहरु लाई नियम पुर्वक खोप लगाउनको लागि आग्रह समेत गर्नुभयो ।


    कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलायका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कँुवर, मन्त्रालयको पशुपंक्षि विकास महाशाखा प्रमुख देविराम मरासिनी, डा. यज्ञ अधिकारी, हुमाकान्त पाण्डे, भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. परवेज आलम, भेटेनरी अस्पताल तथत पशु सेवा विज्ञ केन्द्र का पशु चिकित्सक डा. भरत काफ्ले,चन्द्रोदय सहकारीका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सिना लगायतको सहभागीता रहेको थियो । संघीय सरकारबाट अनुदानको रुपमा प्राप्त भ्याक्सीनको लगाउने व्यवस्थापन खर्च भने निर्देशनालयले गर्ने छ । जसको लागि ९० जना पाराभेटहरु परिचालन हुदै छन् ।

    © 2025 krishipatra All right reserved