बुटवल, माघ ।भिजन कृषि सहकारी संस्था बुटवल,१३ बेलबासद्धारा सञ्चालन भएको भिजन कन्य च्याउ पकेट कार्यक्रमले सार्वजनिक सुनुवाई गरेको छ । च्याउ पकेट सञ्चालन तथा संमन्वय समितिका संयोजक विष्णु प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १३ का वडा सदस्य जनप्रतिधिनी खुमानन्द पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारीले गरेको काम उत्साहजनक रहेको भन्दै च्याउ उत्पादनमा नमुना काम गरेको बताउनुभयो । उहाँले च्याउ उत्पादन संगै अन्य तरकारी उत्पादन, पशुपालन क्षेत्रमा समेत सहकारीले काम गर्नुपर्ने भन्दै वडा कार्यसमिति सधै सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीले बुटवल उपमहानगरमा विभिन्न पकेट क्षेत्र कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले अति संवेदनशिल च्याउ क्षेत्रमा भिजन सहकारी सफल भएको भन्दै पहिलो सिजनमा नै १० लाख बढिको कारोवार गर्नु आफैमा राम्रो कार्य भएको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा भिजन च्याउ पकेट सञ्चालन तथा संमन्वय समितिका कोषाध्यक्ष जमुना सुवेदीले पकेटले गरेको आर्थिक कारोबारको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले हाल सम्म पकेटले १० लाख ४० हजार रुपैयाँ को कारोबार गरेको जानकारी दिदै समितिका सबैको साझा पहल, अभियान बाट नै समिति बलियो भएको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा भिजन सहकारी संस्था लिमिटेडका अध्यक्ष नेत्र प्रसाद पन्थी, लक्ष्मी बेलबास टोल विकास संस्थाका सचिव शोभाखर पौडेल, पत्रकार कृष्ण खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समितिका सचिव कमल खनालको सञ्चालनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिले गरेको कार्य र आगामी उदेश्यको विषयमा अध्यक्ष विष्णु प्रसाद भुषाललले प्रकाश पार्नुभएको थियो । समितिले गरेको कार्यको विषयमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले समेत अवलोकन गर्नुभएको थियो ।