लुम्बिनी प्रदेशको किसान कल सेन्टर बाँकेबाट सुरु हुदै, किसानले नि:शुल्क परामर्स सेवा पाउने

बाँके, माघ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसान कल सेन्टर संचालनमा ल्याउने भएको छ ।

कृषकको संख्या बढि र कृषि प्रावधिक सोको अनुपातमा धेरै कम रहेकाले कृषकहरुले प्रावधिक सहयोग आवश्यक परेको बेला पाउन नसकेको गुनासो आउन थालेपछि मन्त्रालयले किसानको समस्या समाधान गर्न एकै स्थानबाट प्रदेशभरिका कृषकहरुलाई टेलिफोनको माध्यमबाट विज्ञहरु जोड्ने र प्रावधिक ज्ञान प्रदान गर्ने उदेश्यले किसान कल सेन्टर संचालनमा ल्याउन लागेको हो ।

किसान कल सेन्टर बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा स्थापना भई सेवा प्रदान गर्ने मन्त्रालयले जनाएको छ । किसान कल सेन्टर संचालनका लागी आज बसेको समितिको बैठकले एक महिना प्रचार प्रसारको समय छुटउदै माघ महिना देखि निरन्तर सेवा संचालनमा ल्याउने निर्णय समेत गरेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो ।

किसान कल , सेन्टर स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि सम्बन्धि सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्याहरु तथा क्षति समाधानका उपाय, सुचनाहरु एकै ठाउँबाट उपलव्ध गराउनु मुख्य उदेश्य भएको समितिका सदस्य समेत रहनुभएका कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो ।

© 2025 krishipatra All right reserved