बुटवल, माघ ।
लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले रुकुम-रोल्पाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । मन्त्री आरती पौडेलले गरिवीनिवारणका लागि सिपमुलक तालिम को रुकुम-रोल्पा शुभारम्भ गर्नुभयो । सिकर्मी र पलम्बीङ्ग तालिमको शुभारम्भ गर्नुभएको हो । यस्तै मन्त्री पौडेलले एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय पुर्वी रुकुममा प्रयोगशाला सेवाको शुभारम्भ गर्नुभएको छ । यस्तै नारी बहुउदेश्यीय सहकारी संस्था ले निर्माण गरिने सहकारी बजारको समेत मन्त्री पौडेलले शिलन्यास गनू भयो । भुमे गाउँपालिकामा निर्माण हुने सहकारी बजारको मन्त्रीले सिलन्यास गर्नुभएको हो ।
यस्तै मन्त्री पौडेलले सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा सबलम्बन सहकारी संस्थाका सहकारी संस्थाका सदस्यहरु संग सहकारीले गरेको कार्यक्रमहरुको बारेमा छलफल तथा आगामी कार्यक्रममा सहकारीका क्षेत्रमा बनाईन योजानको विषयमा मा छलफल गर्नुभयो ।
यस्तै पुर्वी रुकुममै मन्त्री पौडेलले शिर्जनशिल सहकारी संस्थाले मौरी पालन तालिमका लागि प्रदेश सरकारबाट लिएको अपेक्षा र मौरी पालनका लागि पुर्वी रुकुममा बनाईनुपर्ने योजानको विषयमा छलफल गर्नुभयो । यस्तै मन्त्री पौडेलले पछिल्लो राष्ट्रिय राजनीतिको विषयमा पनि स्थानिय स्तरका जनप्रतिनिधी तथा राजनीतिक कर्मीहरु संग छलफल गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा भौतिक पुर्वाधाकार विकास समितिका सभापती आशा स्वर्णकार, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य खेममान खड्का, नन्दलाल शर्मा, भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा लगायतको सहभागीता रहेको थियो ।
यि कार्यक्रमहरुमा कार्यक्रममा पुर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी राजकुमार राई, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय अरविन्द्र त्रिपाठी लगायतका महानुभावको सहभगाीता रहेको थियो ।