
बुटवल, पुस ।
नेपालको सिमाना जोडीएका भारती क्षेत्रमा अहिले बर्ड फ्लुको संक्रमण तिब्र रुपमा अगाडी बढिरहेको छ । भारतीय खुला सिमानको कारण भारबाट आयात हुने पशुपंक्षिबाट नेपालमा पनि बर्ड फुलु आउने संभावना उच्च छ । नेपालमा सबै भन्दा बढि भारतीय सिमा क्षेत्र संग जोडीको प्रदेश लुम्बिनी प्रदेश हो । प्रदेशका करिव दर्जन भन्दा बढि नाका मा भारतबाट विभिन्न सामाननिर्यात हुने गर्दछन् ।
सरकारले भारतमा बर्डफुलु देखिएपछि भारतबाट पशुपंक्षि जन्य, मासुजन्य बस्तु आयातमा रोक लगाएको छ । यद्यपी नेपालमा खुला सिमानाको र्फाइदा उठाउदै भारतबाट अवैध रुपमा पंक्षि जन्य आयात हुदै आएको छ । कपिलवस्तु जिल्लाको कृष्ण नगर नाका बाट आयात गरिएको करिव ५ क्वीन्टल कुखुरा नष्ट गरेको समाचार सेलाउन नपाउदै बाँके जिल्लामा पनि सोही प्रकृतिको घटना बाहिर आएको छ ।
बाँके जिल्लामा बाकेको सशस्त्र प्रहरी बल बढैया बिओपीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ११ सय केजि बोइलर कुखुराको (बोनलेस) मासु नियन्त्रण्मा लिएर नष्ठ गरेको हो ।
र सशस्त्र प्रहरी बलको बढैया बिओपी बाँकेबाट खटिएको पेट्रोल टोलिले बाँके खजुरा गाउँपालिका वडा नम्बर २ के गाउँमा भारतबाट ल्याउदै गरेको अबैध बोइलर कुखुराको मासु ( बोनलेस) ११ सये केजि बरामद गरेको हो । उक्त मासुको मूल्य अन्दाजी ४ लाख ४० हजार रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरी बल बढैया बिओपीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठका अनुसार भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको उक्त बोनलेस मासु लोड गरिएको गाडी समेत नियन्त्रणमा लिइएको जनाएका छन् ।
यि केही उदाहरण मात्रै हुन । हाल सम्म नेपालमा बर्ड फ्लु देखिएको छैन । तर देखियो भने ठुलो मात्रामा पंक्षिमा यसको तत्काल असर देखिने गर्दछ ।
यस्तो छ प्रदेश सरकारको तयारी
प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय भारतबाट अवैध रुपमा आयात हुने पशु पंक्षि जन्य बस्तु आयातमा रोक लगाउनको लागि संमन्वयकारी भुमिका निर्वाह गरेको छ । खासगरी संघीय सरकारबाट नै यसरी रोक लगाइएको परिपेक्षमा प्रदेशको मन्त्रालय र निर्देशनालय मातहतका कार्यलयहरुले यसको नियमित रुपमा रिर्र्पोटिङ्ग गरिरहेका छन् ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख तुलसी राम भण्डारीका अनुसार केन्द्रीय रुपमा नै सबै नाकाहरुमा सुर्कलर भई भारतीय पंक्षि जन्य आयातमा रोक लगाइएको कारण नेपालमा हाल सम्म बर्ड फ्लु देखिएको छैन । निर्देशक भण्डारीले बर्ड फुलुको विषयमा संघीय सरकारबाट नष्ट गर्ने, क्षितीपुर्ती दिने वा कारवाही गर्ने सम्मको कार्यक्रम रहेको भन्दै प्रदेशले संमन्वय कारी भुमिका खेल्ने जानकारी दिए ।
बर्ड फ्लु देखिएमा नष्ट गर्नुको विकल्प नभएको भन्दै निर्देश भण्डारीले यसमा रेस्क्यु, अपरेसन टिम निर्माण गरी काम अगाडी बढाउने गरी तयारी गरिएको जानकारी दिए । उनले भने—साईबेरियन चरा र भारतबाट आयात गरिने पंक्षिमा निगरानी बढाइएको छ, हाल सम्म देखिएको छैन, देखिहाले अप्रेसन टिम बनाएका छौं । जुन स्थानमा बर्ड फ्लु देखिन्छ सोही स्थानका पंक्षि नष्ट गर्ने गरी सरकारको कार्यक्रम विगतका बर्षहरुमा रहेको थियो ।
छैन प्रयोगशाला
नेपालमा बर्ड फ्लु चेकजाँच गर्ने प्रयोगशाला छैन । नेपालमै नभएको कुरा प्रदेशमा पनि हुने कुरा भएन । तर प्रदेश सरकारले भने बर्ड फ्लु सहित अन्य पशु पंक्षि जन्य रोगको विषयमा चेक जाँच गर्ने गरी पिसीआर सम्मको क्षमता भएको प्रयोगशाला नवलपारी जिल्लामा स्थापना गर्ने तयारी गरेको छ ।
प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार यसयको लागि उपकरण खरिद, भवन निर्माण लगायतका काम अगाडी बढाइएको छ । हाल सम्म नेपालमा बर्ड फ्लु लायतको विषयमा हो या होईन भन्ने विषयमा जाँच गर्नको लागि विदेशमा नै पठाउनुपर्ने बाध्याता छ ।
प्रदेशको कुखुरा विकास फार्म बाँके खजुरका प्रमुख डा. शंकर न्यौपानले प्रदेश उच्च जोखिममा रहेको भन्दै यसको कडा रुपमा निगरानी गर्नुको साथै पशुपंक्षि ओसार पसारमा समेत स्वदेशमा पनि केही कडाई गर्नुपर्ने आवश्याता रहेको बताउँछन् । उनले मौसमी रोगको रुपमा आउने फुलु चराको सम्पर्कबाट सर्ने भन्दै यसको लागि उच्च सतर्कता आवश्यक रहेको उनको भनाई छ ।