लुम्बिनी प्रदेशमा खोरेत रोग नियन्त्रण अभियान, पहिलो चरणमा साढे २ लाख खोप लगाईदै

  • ६ जिल्लामा २ लाख ८ हजार थान खोरत रोगको भ्याक्सीन लगाउने तयारी
  • बुटवल,  पुस ।
    लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मुलनको लागि अभियान सुरुवात गरेको छ । पशु चौपायामा लाग्ने खोरेत रोगको कारण बर्षैनी लाखौं पशु चौपाय मर्ने गरेछन् । खुल्ला सिमानाको कारण भारटबाट आयात हुने पशु चौपायको कारण नेपालमा पनि यसको प्रभाव बढि हुने भएकोले प्रदेश सरकारले पहिलो चरणमा तराईका ६ जिल्लामा खोप अभियान थालनी गर्न लागेको छ । जसको लागि संघीय मन्त्रालयबाट खोप खरिद गरी केहीदिनमा नै ल्याउने र पशु चौपायमा अभियानको रुपमा लागाउने तयारी गरिएको हो ।
    प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको संयोजकत्वमा जिल्लामा रहेका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानिय तहमा रहेको पशुपंक्षि विकास शाखा मार्फत अभियान सञ्चालन गरिने छ । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले अभियानको रुपमा खोप सञ्चालन नगरिए यसको यसले विकराल रुप लिने भन्दै यसको आवश्यक तयारी गरिएको जानकारी दिए ।
    उनका अनुसार पहिलो चरणमा खरिद खगरिएको २ लाख ८ हजार खोप केही दिनमा नै प्रदेशमा आउने छ । सोही अनुसार लुम्बिनी प्रदेशका उच्च जोखिम रहेको तराईका र सिमा जोडीएको क्षेत्रमा खोप लगाउने कार्यक्रमा तय गरिएको हो । जस अनुसार नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया का जिल्लाहरुमा एकै पटक अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
    निर्देशनालयका प्रमुख भण्डारीका अनुसार पहिलो चरणमा तराईका ६ जिल्लामा २ लाख ८ हजार थान खोरत रोगको भ्याक्सीन लगाउने तयारी गरिएको छ । प्रदेशको संभावित क्षेत्र तराईकाजिल्लाहरु भएकोले पहिलो चरणमा तराईमा रहेका पशु चौपायहरुमा खोप लगाउने कार्यक्रम तय गरिएको र सोही अनुसार खोप आउने तयारी समेत भैरहेको निर्देशक भण्डारीको भनाई छ । उनले भने–‘प्रदेशमा कुल १५ लाख पशु चौपाय रहेको अनुमान गरिएको छ, पहिलो चरणले साढे २ लाख ले तराईको जिल्ला लाइृ कभर गर्ने अनुमान गरेका छौ, अपुग हामी पुनः ल्याउछौं । ’
    पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवरले खारेतको कारण गाई, भैसी, बाख्रा, खसी बोका, राँगा, गोरु, बंगुर आदीमा यसको असर पर्दछ । खासगरी खोरेत रोग लागेपछि पशु चौपायमा ज्वरो आउने, ¥याल चुहाउने, लङ्गदगाउने लगायतका समस्या देखा पर्दछन् । यस्तै खोरेतको कारण व्याउने पशु चौपाय तुहिने, स साना उमेरका पाठा पाठी मर्ने, मुख, जिब्रो, खुट्टामा स साना पानी जस्तो फोका आउने लगायतका समस्या देखा पर्दछन । यि समस्या देखिन भन्दा पहिला नै पशु चौपायमा खारेत विरुद्धमा खोप लागाउनु नै उत्तम विकल्प रहेको पशु चिकीत्सको भनाई छ ।


    यसैविच, प्रदेश सरकारले खोरेत रोग उन्मुलनको विषयमा अभिमुखिकरण कार्यक्रम समेत बुटवलमा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण अभियानको विषयमा अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । प्रदेशका विभिन्न जिल्लाबाट स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेश मातहतका सम्बन्धीत निकायका कार्यालय प्रमुख तथा प्रतिनिधि,किसान तथा अन्य सरोकारवाला निकायहरुको सहभागीतामा गोष्ठी भएको हो ।
    कार्यक्रममा बोल्दै प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पशु चौपायमा देखिने खोरेत रोग नियन्त्रण, उन्मुलन र रोकथामको लागि प्रदेश सरकारले निरन्तर लागिपरेको बताईन । उनले यसको प्रदेश सरकारले एकल प्रयासमा संभव नभएको भन्दै संघीय सरकारको समेत साथमा खोप लगाउने अभियानको थालिन गरिएको धारणा राखिन् ।
    रोग भित्र्न सक्ने संभावित क्षेत्रमा कडाँ चेकजाँच गरी नियन्त्रण गर्न सकिने भन्दै उनले पुर्व तयारी स्वरुप प्रदेशको तराईका ६ जिल्लामा खोप अभियान थालन गरिने जानकारी दिईन ।
    कार्यशाला गोष्ठीमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख तुलसीराम भण्डारी, निर्देशनालयका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवर, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला पोखरेका प्रमुख डा. केदार राज पाण्डे, प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डे लगायतले विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा बोल्दै प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानको समस्या नै सरकारको समस्या भएको भन्दै संभावित रोग रोकथामको लागि पुर्व तयारी गर्ने काम तिब्र रुपमा अगाडी बढिरहेको जानकारी गराएका थिए ।

    © 2024 krishipatra All right reserved