कृषिका ‘पकेट’बनाउँदै बुटवल उपमहानगर

  • उपमहानगरले ३ वटा पकेट क्षेत्र निर्माण गरी काम गरिरहेको छ
  • बुटवल, पुस ।
    बुटवल उपमहानगरपालिकामा कृषि योग्य भुमि कम छ । पालिकाको वडा नम्बर १२ देखि १९ सम्मका भु–भागमा केही व्यवसायीक रुपमा तरकारी खेती, मौरी पालन, केरा खेती, धानको विउ उत्पादनको काम हुदै आएको छ ।
    सिमित क्षेत्रमा रहेको भुमिलाई उपयोग गर्दै बुटवल उपमहानरपालिकाले ‘कृषि पकेट’ क्षेत्र निर्माण गरी काम गरिरहेको छ । चालु आर्थिक बर्षमा उपमहानगरले ३ वटा पकेट क्षेत्र निर्माण गरी काम गरिरहेको छ । जसमा कन्ये च्याउको लागि २ वटा र एउटा धानको विउको लागि पकेट क्षेत्र निर्माण गरिएको हो ।
    बुटवल उपमहानगरपालिका कृषि विकास शाखा बरिष्ठ कृषि विकास अधिकृत सन्तोष जिसीका अनुसार कन्ये च्याउ र धानको बीऊका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परिायेजना मार्फत लगानी गरिएको हो भने किसान, समुह र सहकारीबाट पनि ५० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । परियोजना मार्फत २ वटा पकेट सञ्चालनको लागि नगरपालिकालाई २० लाख रुपैया उपलब्ध गराएकोकोमा नगरपालिकाले थप १ वटा पकेट क्षेत्र निर्माण गरी ३ वटा लाई बराबर रुपमा लगानी गरेको छ ।
    कन्य च्याउको पकेट निर्माणको लागि भिजन सहकारी संस्था बुटवल बेलबास र बुटवल अर्गानिक तरकारी अर्गानिक उत्पादक कृषक समुह ले हाल काम गरिहेका छन् । सकारी र समुहबाट उत्पादन भएका च्याउ अहिले बजारकरण भैरहेको छ । भिजन सहकारी संस्था बेलबासका सञ्चालक जमुन सुवेदीका अनुसार हाल ३० देखि ४० किलो सम्म च्याउ बजारमा गैरहेको छ । सहकारीबाट ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा आफुहरुले १ हजार किलो च्याउको विउ लगाएको सुवेदीले जानकारी दिईन । बेलबासमा सहकारीले जग्गा भाडामा लिएर च्याउको व्यवसायीक खेती गरिरहेको छ ।जसमा करिव ६ हजार च्याउका बल्भ रहेका छन् ।
    पकेट कार्यक्रममा १ हजार किलो च्याउको विउ लगाउनुपर्ने गरी मापदण्ड निर्धारण गरिएको छ । भिजन च्याउ पकेट सञ्चालक समितिका अध्यक्ष विष्णु भुषालले आफुहरुले पुर्ण मिहिनेतका साथ च्याउ उत्पादनमा सफल भएको भन्दै आगामी बर्षमा पनि सोही प्रकृतिको कामलाई निरन्तरता दिने जानकारी दिए ।
    च्याउको एउटा बल्भबाट २ देखि ४ किलो सम्म च्याउ उत्पादन हुन्छ । एउटा पकेट बाट करिव २४ हजार किलो च्याउ उत्पादन हुने गरी अपेक्षा गरिएको छ ।
    यस्तै उन्नत जातको धानको विउ उत्पादन गर्ने गरी बुटवल उपमहनागरपालिकाले आर्दश कृषि सहकारी संस्था वडा नम्बर १६ लाई पकेट निर्माणको लागि जिम्मा दिएको छ । सहकारीले २० हेक्टर क्षेत्रफलमा उन्नत जातको धान रोपेर विउको लागि मात्रै काम गर्नुपर्ने हुन्छ । ६ सय कठ्ठा मा धानको विउ उत्पादन गरी विक्रि गर्ने गरी पकेटको लागि जिम्मा दिइएको नगरपालिकाले जनाएको छ ।
    यसको अलवामा बुटवल उपमहानगरापलिकामा हाल जागरुक बहुउदेश्यीक कृषक समुह बुटवल १५, सिद्धबाबा तरकारी उत्पादक कृषक समुह बुटवल १२, उर्वरशिल महिला कृषक समुह बुटवल, १३ ले तरकारी उत्पादनको कामलाई निरन्तरता दिएका छन् । यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर १८, १५ र १४ मा केरा खेतीको लागि व्यवसवायीक बगैचा स्थापना गरिएको छ भने बुटवल १९,१२, १५ र १६ मा व्यवसायीक मौरी पालन कार्यक्रम समेत सुरुवात गरिएको छ ।
    बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरमा व्यवसायीक कृषिको लागि जग्गा कमी भएको भन्दै जग्गा जे जती मात्रामा रहेको छ त्यसलाई समुचित रुपमा उपयोग गरी अर्गानिक उत्पादनको लागि आफुहरुले जोड दिदै आएको जानकारी दिए । नगर प्रमुख सुवेदीले भने–‘हामी जे जती मात्रामा कृषिको लागि जग्गाहरु छ, त्यसको पुर्णरुपमा उपयोग गरी अर्गानिक उत्पानमा विशेष जोड दिदै आएका छौं । ’

    @butwal_today

    © 2024 krishipatra All right reserved