मलखाद नपाए किसानले सहकारिलाई, सहकारिले डिपाेमा फाेन गराै !

भैरहवा, मंसिर  । मलखादकाे अभाब हुन नदिनेगरि कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयले तयारि गरेकाे बताएकाे छ ।

मन्त्रालयले यश अघि नै चालू बर्षमा ५ लाख टन मलखाद ल्याउनेगरि कामकाे थालनि समेत गरेकाे छ। मन्त्रालयका सचिवालय सदस्य शालिकराम भन्डारिले बताए अनुसार गाेदाम र डिपाेहरुमा रासायनिक मल (युरिया, डिएपी र पाेटास) उपलब्ध छ । नियमित, सहज र बढ्दाे परिमाणमा मल अापूर्ति र ढुवानी पनि भइरहेकाे छ ।

भन्डारिले भने, ” वितरक सहकारी र किसानहरुले तत्काल अावश्यक मल मात्र खरिद गर्दा हुन्छ, भण्डारण गरिराख्नु पर्दैन । गाेदाम र डिपाेमा भएका मल वितरणमा कारणवस १/२ दिन तलमाथि भइहाले पनि तुरुन्तै समाधान गर्न सकिने छ ।”

कृषि मन्त्री घनश्याम भुसालकाे सचिवालयले स्थानीय तहलाई अनुराेध गर्दै वितरक सूचीकरण, सिफारिस र अनुगमनमा स्थानीय तहकाे सहयाेग र सकृयताकाेलागि अनुराेध गरेकाे छ । सचिवालयले भनेकाे छ, “स्थानीय तहले मल वितरणका लागि निश्चित कार्यक्षेत्र ताेकेर सहकारी सूचीकृत गरि मल खरिद गर्न कम्पनीमा सिफारिस गर्नुपर्ने व्यवस्था नयाँ निर्देशिकाले गरेकाे छ । रितपूर्वक सिफारिस भएका सहकारीलाई मात्र मल उपलब्ध हुन सक्छ।”

यतिबेला डिएपि गहु छर्न अावश्यक हुन्छ । अब माग बढ्ने युरियाकाे हाे ।

मन्त्रालयले सूचीकृत सहकारीले मल खरिद गर्दा कुनै समस्या भएमा, मल पाउन नसकेमा वा वितरण सम्बन्धी कुनै पनि समस्या देखिएमा सहकारी वा किसानले गाेदाम वा डिपाे प्रमुखसँग सम्पर्क गर्न सक्नेगरि कार्यलय प्रमुखकाे नाम र नम्बर समेत उपलब्ध गराएकाे छ ।

गाेदाम वा डिपाे प्रमुखबाट समस्या समाधान हुन नसकेमा वा नगरेमा सम्पर्कका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्र भण्डारी, ९८४१५७२०७९,
वितरण महाशाखा प्रमुख राजेन्द्र कार्की ९८४१४७०७६३ र साल्ट ट्रेडिङ कम्पनीका पंकज जाेशी ९८५१११३३२१ काे माेबाईल नम्बरमा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।
यसैगरि मलखादमा सहजिकरणकाेलागि मन्त्रालयले
मन्त्रालयले सहजीकरण गर्नु परेमा अरुण जिसी, ९८४१४७६१९५ र शालिकराम भण्डारी, ९८५१११९९१४ गर्ने समेत बताएकाे छ ।

मन्त्रालयले कृषि सामग्रि र साल्ट ट्रेडिङलाई, यी दुई कम्पनिले डिपाे हुँदै सहकारिलाई र सहकारिले किसानलाई मलखाद दिने गर्दछन् ।

गत बर्ष साढे ३ लाख मेट्रिक टन अाएकाे छ । मलखादकाे ठेक्का कृषि सामग्रि र साल्ट ट्रेडिङले लगाउने गर्दछ । नेपालमा हाल अाेमान, रसिया, चिन, ईरान, भारतबाट अाउने गरेकाे छ ।

© 2024 krishipatra All right reserved