
बुटवल, मंसिर ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर १ मा रहेको हुँगामा स्मार्ट कृषि गाउँ तरकारी पकेट क्षेत्रको औपचारिक सुरुवात गरिएको छ । गत बर्ष देखि नै कार्यक्रम कार्यन्वयन आएको भएपनि औपचारिक रुपमा भने आईतबार मात्रै सुरुवात गरिएको हो । कार्यक्रमको सुरुवात गर्दै लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानका अधिकांस समस्याहरुको समाधान सरकारले गरिरहेको भन्दै आवश्यकता अनुसारका कार्यक्रममा मन्त्रालय जहिले पनि सकारत्मक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किसानलाई उत्पादन देखि विक्रि वितरण सम्मको सबै प्रक्रियामा सरकारले साथ दिईरहेको जानकारी दिदै शुलभ कर्जा, कृषि कर्मी रोजगार, उत्पादनमा आधारित अनुदान पोत्साहन लगायत उपकारहरुको खरिद र प्रयोगमा समेत सरकारले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सार्वजनिक लेख समितिका संयोजक प्रदेश सभा सदस्य कमराज श्रेष्ठले किसानहरुको आवश्यकता अनुसारको माग पुर्तीका लागि सरकार जहिले पनि सकारत्मक रहेको बताउनुभयो । उहाँले किसानहरुलाई स सनो रुपमा भन्दा पनि संयुक्त रुपमा कृषि कर्ममा लाग्न आग्रह गर्दैै संसादले व्यवसायीक रुपमा आयोजना हुने जे कोही कृषि कर्ममा पनि सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले गाउँपालिकाले पहिलो बर्ष सडक, दोस्रो बर्ष पानी र अहिले तेस्रो बर्ष कृषि बर्षको रुपमा काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, कृषि ज्ञान केन्द्र प्रमुख सोम बहादुर राना, स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाईका अध्यक्ष हुम बहादुर पल्ली, वडा १ का अध्यक्ष धातानन्द भण्डारी, राम प्रसाद खराल, विष्णु भण्डारी, समुन बस्याल, लक्ष्मण शर्मा, सिता पाण्डे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।