समर्थन मुल्यमा किसानको धान किन्छौ: कृषिमन्त्री पौडेल

कपिलवस्तु – लुम्बिनी प्रदेशकी भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री आरती पौडेलले मंसिर ७ गते देखी नेपाल खाद्य व्यापार कम्पनीले नै किसानको धान न्युनतम समर्थन मुल्यमा खरिद गर्ने जानकारी दिईन । कपिलवस्तुमा सञ्चालित बिभिन्न योजनाको अनुगमन र कार्यक्रमको प्रभावकारीता हेर्न जिल्ला आएकी मन्त्री पौडेलले सञ्चारकर्मी सँगको अन्तरक्रियामा बोल्दै मंसिर ७ पछि किसानले धानको न्युनतम मुल्य नपाएको गुनासो नआउने स्पष्ट पारीन ।

“४० वटा सहकारी मार्फत समर्थन मुल्यमा धान खरिद गरिएकै छ । सहकारीको पहँच नभएका स्थानको किसानले केहि दिन धैर्य गरेर सस्तोमा उत्पादित धान नबेच्न आग्रह गर्दछु ।” मन्त्री पौडेलले भनिन । प्रदेश सरकारले कपिलवस्तु जिल्लामा कृषीका क्षेत्रमा बिभिन्न कार्यक्रम सञ्चालन गरेको उनले जनाईन ।

प्रदेश सरकारले बिजयनगर गाँउपालिकामा प्रदेशस्तरीय भैसीको श्रोत केन्द्र बनाउने, शिवराज नगरपालिका क्षेत्रमा फलफुलको श्रोत केन्द्र बनाउने र जिल्लामा दुई वटा पशुपंछी र कृषी रोड करिडोरको कार्यक्रम अगाडी सारेको छ । कपिलवस्तुमा तरकारी खेती र पशुपालन, प्रदेशका १ सय ९ पालिकामै जग्गा नहुने किसानका लागी करार खेतीको योजना, कृषी अनुदानको व्यवस्थापन र कृषी वनलाई प्रवद्र्धन गरिने योजना अघि बढाईएको मन्त्री पौडेलको भनाई छ । कृषी अनुदान वास्तविक किसानले नपाएको गुनासो आउदै गर्दा सो गुनासा आउन नदिन प्रदेशका ९ सय ८३ वटै वडामा हरित स्वयंसेवक नियुक्त गरि सुचना संकलनको कार्य अगाडी बढाईएको उनले जनाईन । “हरित स्वयंसेवकले वडास्तरमै अनुदानको सदुपयोग हुने गरि किसान र सरकार बिच पुलको काम गर्ने छन ।” उनले भनिन ।

प्रदेश सरकारले कृषी क्षेत्रको कार्यक्रम र तालिम होटल र रिसोर्टमा नभई किसानका खेत र बारीमै गराउने निती लिएको मन्त्री पौडेलले स्पष्ट पारिन । किसानले समुह मार्फत पाउने अनुदान र प्रोत्साहन रकम बारे जानकारी पुर्याउनका लागी सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका निर्वाह गरिदिन भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दिपक भुसालले आग्रह गरे ।

कृषी क्षेत्रलाई निर्वाहमुखी नभई आयआर्जनमुखी बनाउने नितीका साथ प्रदेश सरकार अगाडी बढेको प्रदेशसभा सदस्य अर्जुन केसीले बताए । प्रदेश कृषीमन्त्री पौडेलले बाणगंगाको भलवाडमा सञ्चालित स्मार्ट कृषी कार्यक्रम, तौलिहवाका माहुरी पालक किसानको माहुरी चरणका कार्यक्रम, कृषी ज्ञान केन्द्र तौलिहवामा कृषी प्राबिधीक सँग छलफल, सञ्चारकर्मी अन्तरक्रिया गरे सगै माहाराजगंज र बाणगंगामा सञ्चालित पशु र कृषी कार्यक्रमको स्थलगत अवलोकन गरेकी थिईन ।

 

© 2025 krishipatra All right reserved