
बुटवल-नेपालीहरुको दोस्रो ठुला चाड तिहार नजिकिरहेको छ । फुलको चाडका रुपमा चिनिने तिहार नजिकिएसंगै यस क्षेत्रका पुष्प ब्यवसायीहरुलाई संगठित भएका छन । सिजनल ब्यापार मानिने पुष्प ब्यवसायलाई सुधार गर्दै पुष्य ब्यवसायी एकजुट बनाउन लागेको हो ।
फुलको बजार ब्यवस्थित गर्ने, मुल्यमा एक रुपता ल्याउने, प्रदेश र स्वदेशी किसानहरुलाई प्रोत्साहन गर्ने, सिजनल ब्यवसायलाई ब्यवस्थित गर्दै लैजाने नवगठित अध्यक्ष किरण कुमार श्रेष्ठले बताए । तिहार लक्षित गरि कार्तिक २८,२९ र ३० गते ३ दिने पुष्प मेला आयोजना गरिने उनले बताए । मेला कान्ति मावि परिसरमा लाग्ने छ । बजारमा सयपत्री, मखमली, कमल, फुलका गुच्चाहरु, साथै तिहारमा पुजाका लागि आवश्यक पर्ने सबै खालका भाईमसलाहरु समेत पाईने गरिने उनले बताए । तिहार अघि नै फुल फुलिसकेको हुदा पनि यो वर्ष फुल भारतबाट भित्रने पक्का रहेको उनले बताए । यो वर्ष १ लाख फुलका माला भारतबाट भित्रने तथा स्वदेशी ३० हजार माला बिक्री हुने अनुमान रहेको छ । फुल फुलाउने, बजारीकरण लगायत किसानलाई योजनाबद्घ तरिकाबाट लगिने उनले बताए । यसवर्ष ९० प्रतिशत भारतबाट भित्रने आकलन छ । किसानहरुलाई संगठित गरि तालिम, बजारीकरण तथा संकलन केन्द्रसंगै चिस्यान केन्द्र बनाउने योजना रहेको उनले बताए । यसवर्षदेखि किसानले फुलको मुल्य पाउने छन भने उपभोक्ताले गुणस्तरिय फुल र मूल्य बढि प्राप्त गर्ने उनले दाबी गरे । कोभिड १९ को कारण हरेक क्षेत्र धराशासी भएको बेला पुष्प ब्यवसाय पनि अछुतो नरहेको उनले बताए । ‘यो वर्षदेखि पहिलोपटक तिहार पुष्प मेलाको तयारी गरेका छौ ।’– उनले भने । बुटवलको कान्ति माविस्थित खुलामैदानमा यो वर्ष पुष्प मेलाको सबै तयारी भएको उनले बताए । बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवलमा पुष्प ब्यवसायी नेपाल बुटवलको आयोजनामा मेला आयोजना हुने उनले बताए । रुपन्देहीका ४० ब्यवसायीहरुले आर्कषक सजावटसहितको स्टलमा राखिने उनले बताए । रुपन्देहीसहित पाल्पा, कपिलबस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट उत्पादित किसानहरुको उत्पादन यहा राखिने उनले बताए । यसका साथै बजारको माग अनुसार भारतबाट समेत आउने उनले बताए । यो वर्ष रुपन्देहीमा भारतबाट करीब १ लाख बढी तयारी फुलको माला भित्रने आकलन छ । भने करीब ३० हजार मात्र नेपालका माला बजारमा खपत हुने लक्ष्य रहेको छ । यो वर्ष १ करोड २० लाख बढीको फुलको कारोबार हुने आकलन ब्यवसायीहरुको छ । यो वर्ष लुम्बिनी प्रदेशका १० जिल्लाहरुमा २५ करोड बढीको ब्यवसायीक पुष्प खेती गरिएको सरकारी तथ्याकले देखाउछ । करीब ५० विगाहा क्षेत्रफलमा ७५ भन्दा बढी नर्सरी ब्यवसायिक पुष्प खेती गरिएका छन भने करिब १ सय समुह र सहकारीहरु पुष्प खेती गरिरहेका छन ।
यसैविच किरण कुमार श्रेष्ठको अध्यक्षतामा पुष्प ब्यवसायी नेपाल बुटवल गठन भएको छ । जसको सचिव असोक कार्की, कोषाध्यक्ष पुजन श्रेष्ठ तथा सदस्यहरुमा गोपाल शर्मा, मोहन पौडेल, अशोक थापा रहेका छन । नगरस्तरीय समितिलाई बिस्तार गर्दै लगिने उनले बताए ।