बुटवल / संघीय सरकारले यो पटक उत्पादित धानको समर्थन मुल्य धान लगाउने बेलामा नै तोकेको थियो । संघीय सरकारको कृषि तथा पशुपंक्षि विकास मन्त्रालय ले मन्त्री परिषद्बाट निर्णय गराएर गत असार महिनामा मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो । तर हाल लुम्बिनी प्रदेश तथा अन्य स्थानमा किसानहरुले समर्थन मुल्य भन्दा करिव ५ सय कम मा धान विक्री गर्नु परेको गुनासो गरेका छन ।
आर्थिक वर्ष ०७६/७७ को तुलनामा प्रतिक्विन्टल २ सय रुपैयाँ बढी मूल्य तोकिएको छ । यसअघि मोटा धानको समर्थन मूल्य २ हजार ५ सय ३१.८० रुपैयाँ र मध्यमको २ हजार ६ सय ७३ रुपैयाँ थियो । ०७७/०७८ को नीति तथा कार्यक्रममा कृषकको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने उल्लेख छ । सोही नीतिअनुसार बाली लगाउनुअघि नै मूल्य तोकिएको थियो ।
तर किसानहरुले सरकारले तोकेको मुल्यमा आफ्नो उत्पादन विक्रि गर्न पाईरहेका छैनन । हाल बजारमा व्यापारीहरुले उत्पादन बढि भएको कारण किसानबाट सस्तोमा धान खरिद गरिहेका छन् । यसरी व्यापारीहरुले समर्थन मुल्य भन्दा कम मा धान किनिरहेको परिपेक्षमा लुम्बिनी प्रदेश सरकारले भने सहकारी मार्फत समर्थन मुल्यमा धान खरिद गर्ने व्यवस्था मिलाएको छ ।
लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश भर ४० वटा सहकारीहरुले सरकारले नै तोकेको मुल्यमा किसानबाट धान खरिद गरिरहेका छन् । संघीय सरकार मातहतमा रहेको खाद्य संस्थानले भने मंसिर ७ गते पश्चात मात्रै धान खरिद गर्ने जनाएको छ । यसरी सरकारले ढिला गरी धान खरिद गर्ने भएपछि केही व्यापारीहरुले किसानको घर दैलोमा गएर कम मुल्यमा घान खरिद गरिरहेको किसानले गुनासो गरेका छन् । तर सरकारले भने कम मुल्यमा धान विक्रि नगर्नको लागि आग्रह गरिरहेको छ । किसानहरुको गुनासो आएपछि प्रदेश सहकारी संघले प्रदेशका ४० वटा कृषि तथा बहुउदेश्यीय सहकारीहरुले सरकारकै समर्थन मुल्यमा धान खरिद गरिरहेका छन् ।
प्रदेश सहकारी संघकाको मातहतमा रहेका ४० वटा कृषि तथा र बहुदउदेश्य सहकारी संस्थाहरुले धान खरिदगरिरहेका छन् । प्रदेश सकारी संघका अध्यक्ष प्रेम सुबेदीका अनुसार किसानले सस्तो मुल्यमा धान विक्री गर्नुपर्ने वातावरणको अन्तय गर्दै पहिलो चरणमा ४० वटा सहकारी मार्फत धान खरिद कार्य जारी राखेको जानकारी दिए । उनले भने–‘अहिले ४ वटा जिल्लामा ४० वटा सहकारी मार्फत धान खरिद काम जारी रहेको छ , अझै विस्तार हुने क्रममा रहेको छ । ’
प्रदेश सहकारी संघका अनुसार बाँके जिल्लामा १५ वटा सहकारीहरुले धानक खरिद कार्य जारी राखेका छन् । यस्तै बार्दियामा १६, दांङमा ३, रुपन्देहीमा ६ वटा सहकारीहरुले सरकारले नै तोकेको मुल्यमा किसानको धान खरिद गरिरहेका छन् ।
लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अहिले नै आत्तिएर किसानहरुले आफुले उत्पादन गरेको धान सस्तो मुल्यमा बिक्री नगर्नको लागि आग्रह गर्नुभयो ।अहिले सहकारीहरुले सरकारकै समर्थन मुल्यमा धान खरिद गरिरहेको जानकारी दिदै केही दिनमा खाद्य संस्थानले पनि सरकारकै समर्थन मुल्यमा धान खरिद गर्ने भएको कारण व्यापारीहरुको प्रलोभनमा सस्तो मुल्यमा धान विक्रि नगर्न मन्त्री पौडेललको आग्रह छ ।@butwaltoday
ण्ण्ण्ण्