खाद्य सुरक्षामा विशेष ध्यान दिन कृषि मन्त्री पौडेलको आग्रह

बुटवल,
लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा ४० औ खाद्य दिवसको अवसरमा ‘हाम्रो पहलः दिगो कृषि पोसिलो आहार’ भन्ने मुल नाराको साथ अन्तरक्रिया कार्यक्रम गरिएको छ । कृषि विकास निर्देशनालयको प्रमुख निर्देशक याम नारायण देवकोटाको अध्यक्षता र लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले को प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खाद्य सुरक्षाका लागि सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले किसानहरुको सरकारको रुपमा लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको भन्दै मन्त्री पौडेलले किसानहरुको हरेक समस्याको सामाधान गर्नको लागि आफु जहिले पनि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले प्रदेश सरकारले किसानहरुलाई दिने अनुदान नितिमा परिमार्जन गरेको जानकारी दिदै किसानहरुको उत्पादनको आधारमा मात्रै अनुदान दिने गरी कार्य गरिने जानकारी दिनुभयो ।


कार्यक्रममा प्रदेश सरकारको कृषि विकास रणनीतिक विज्ञ डिलाराम भण्डारीले मानिसहरुले खाद्यान्न उपभोग गर्ने बानीमा विशेष शुधार ल्याउन सकेमा खाद्य सुरक्षामा योगदान दिन सकिने बताउनुभयो । कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले नेपालमा खाद्यान्न उत्पादन, प्रदेशको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख दिपक भट्राई, किसान महासंघ केन्द्रीय सदस्य खड्क बहादुर खड्का, किसानहरु गंगाधर शर्मा, नुर प्रसाद खनाल, नुम कला घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत सुनैना बरालीको सञ्चालनमा भएको थियो ।

 

© 2025 krishipatra All right reserved