लुम्बिनी प्रदेशमा तिहारलाई २५ करोडको फुल तयार हुदैँ

  • ७५ वटा भन्दा बढि नर्सरीले व्यवसायी पुष्प खेती गरिहेकाछन्न भने करिव १०० वटा समुह र सहकारीहरुले पुष्प खेती गरिरहेका छन् ।  
  • फुल फुलेर पहेलैभयोः नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ तर्गेलीमा गरिएको पुष्प खेती ।

    बुटवल- लुम्बिनी प्रदेशमा केही बर्ष देखि पुष्पखेती(फुलखेती) व्यवसाय विस्तार भैरहेको छ । भारतबाट आउने तयारी फुललाई विस्तापित गरी स्वदेशलाई नै आत्मनिर्भर बनाउने गरी अभियानको रुपमा पुष्प खेती विस्तार अभियानमा किसानहरु स्वतस्फुर्तरुपमा लाग्दै आएका हुन ।
    गत बर्ष लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये १० वटा जिल्लामा व्यवसायीक रुपमा पुष्प खेती विस्तार भएको थियो । सोही अनुरुपम यो बर्ष पनि किसानहरुले पुष्पखेतीमा विशेष जोड दिएका छन् ।
    तिहारको लागि भारतबाट करोडौ रुपैयाँका फुलका मालाहरु आउने गरेको विगतको ईतिहासमा छन । तर गत बर्ष भने भारतबाट लुम्बिनी प्रदेशका अधिकांस जिल्लामा फुल आएन । भने यो बर्ष पनि किसानहरुले भारतीय फुल विस्तापित गर्ने गरी अभियान सञ्चालन गरेका छन् । यो बर्ष प्रदेशका विभिन्न स्थानमा करीव ५० विघा क्षेत्रफलमा पुष्प खेती भैरहेको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार व्यवसायीक रुपमा किसान, समुह, सहकारीहरु असंगठीत व्याक्तिहरुले पनि यो बर्ष पुष्प खेती गरिरहेका छन् । निर्देशनालयका अनुसार प्रदेशभरमा हाल करिव ७५ वटा भन्दा बढि नर्सरीले व्यवसायी पुष्प खेती गरिहेकाछन्न भने करिव १०० वटा समुह र सहकारीहरुले पुष्प खेती गरिरहेका छन् ।
    विगत ४ बर्ष देखि व्यवसायीक रुपमा रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा महिला समुहहरुले पनि व्यवसायीक रुपमा पुष्प खेती गरिरहेका छन् । नेपाल पुष्प व्यवसायी संघका केन्द्रीय सदस्य रमेश पाण्डेका अनुसार यो बर्ष कोरोना महामारीको कारण किसानहरुले केही मात्रामा पुष्प खेती घटाएको भएनि अनुमाती करिव २५ करोड रुपैयाँ बराबरको पुष्प उत्पादन हुने अपेक्षा गरिएको जानकारी दिए । उनले भने–‘यो बर्ष अहिले नै माग बढि छ, भारतबाट फुल आउने संभावना कम छ, त्यसकारण नेपाली फुल ले यो बर्ष राम्रो मूल्य पाउने अनुमान गरिएको छ ।’
    ४ बर्ष पहिला देखि रुपन्देहीमा महिलाहरुको सहभागीतमा व्यवसायीक पुष्प खेतीको रुपवात गर्दै आएकी अभियान्ता देवी वाग्लेले महिलाहरुको सक्रियता पछिल्लो समयमा बढ्दै गएको बताउँपछिन । तर पछिल्लो समयमा नेपाली बजारले भारतीय बजार संग प्रतिष्पर्धा गर्नुमा आफैमा चुनौति रहेको भन्दै उनले कतिपय नेपाली व्यापारीहरुले भारतबाट सस्तोमा सिधै तयारी माला ल्याउने र नेपाली किसानहरुको माला नकिन्ने प्रवृत्ती हावि भएको कारण केही समस्या रहेको तर पछिल्लो समयमा समाधान उन्मुख रहेको उनको तर्क छ ।
    खासगरी किसानले उत्पादन गरेको पुष्पलाई व्यवसायीकरण गर्न र व्यवसाय विविधिकरण गर्नको लागि अन्य उपकरणहरुको अभाव रहेकोले किसानहरुले बेसिजनका उत्पादन भएको पुष्पलाई व्यवसायीकरण गर्न सकीरहेका छैनन । किसानहरुले कुलिङ्ग भ्यान उपलब्ध भएमा एक स्थानको उत्पादन भएको फुल लाई अर्को स्थानमा ढुवानी गर्न सहज हुने र फुलको गुणस्तर समेत नर्विगनी भएको कारण यो तर्फ सरकारको विशेष ध्यान जानुपर्ने माग छ ।


    तिन स्थानमा विक्रि केन्द्र स्थापना हुदै
    लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयले प्रदेशका ३ स्थानमा किसानले उत्पादन गरेको पुष्प(फुल) लाई विक्रि स्थान निर्माण गरिदिने भएको छ । यसको लागि रुपन्देही, दाङ्ग र कोहलपुर र नेपालगञ्ज मध्ये एक स्थान गरी ३ स्थानमा विक्री कक्ष निर्माण गरिदिन लागेको हो । किसानले उत्पादन गरेको पुष्पलाई कतिपय व्यवसायीहरुले किसानहरुको पुष्प नकिनीदिने भएको कारण किसानहरुको उत्पादन खेरा जाने अवस्थालाई न्युनीकरण गर्नको लागि विक्रि कक्ष स्थापना गर्न लागेको हो ।जसको लागि निर्देशनालयले हाल सूचना प्रकाशन गरी किसान, समुह, सहकारी वा व्यवसायी फर्मबाट सहकार्यको लागि आवेदन माग गरेको छ । १५ दिने सूचना प्रकाशन गरी अहिले आवेदन संकलनको काम भैरहेको कृषि विकास निर्देशनालय बुटवलका निर्देशक याम नारायण देवकोटाले जानकारी दिए । उनका अनुसार आएको प्रस्ताव उपर छानविन गरी प्रस्ताव स्वीकृत गरेर यो बर्ष ३ स्थानमा विक्री कक्ष स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
    अनुदान अनुसार निर्देहनालयले दाङ्ग(घोरही), बुटवल तथा नेपालगञ्ज र कोहलपुरमा बिक्री केन्द्र स्थापना गरी सञ्चालन गरिने छ । जसको लागि बिक्रीकक्ष स्थापना तथा डेकोरेशनमा सहयोग, फूलको सङ्कलन तथा भण्डारणमा सहयोग , फूलको माला, गुच्छा तथा अन्य सामाग्रीहरू बनाउने उपकरणमा सहयोग गरिने छ । यस्तै फूल प्याकेजिङ्ग तथा लेबलिङ्ग सहित बिक्रीका लागि कार्टन तथापेपर ब्याग खरिदमा सहयोग, प्रति अनुदानग्राही कूल खर्चको ५० प्रतिशत वा प्रति आवेदक ३ लाख मा जुन कम हुन्छ, सो रकम अनुदानको लागि स्वीकृत दिने गरी सूचना प्रकाशन गरिएको छ । sourse:butwal_today_daily

    © 2025 krishipatra All right reserved