बुटवल,
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्र्तगत रहेको कृषि विकास निर्देशनालयको आयोजनामा ‘पुष्प सम्बन्धी सरोकारवालाहरु संगको संमन्वयत्मक गोष्ठी तथा अन्तरक्रिया’ कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक याम नारायण देवकोटाको अध्यक्षता र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट पुष्प किसान तथा व्यवसायीहरुको सहभागीता रहेको कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बुटवलका सचिव डा. रेवतीरमण पौडेलले किसानहरुको समस्या समाधानको लागि मन्त्रालय सदैभ तयार रहेको भन्दै अव उत्पादन विविधिकरणमा जानुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै डा. पौडेलले किसानले उत्पादन गरेको पोड्क्टको उत्पादन विविधिकरण मा जोड दिनुपर्ने बताउनुभयो । यसको लागि पुष्प उत्पादन मात्रै नभएर बढि मात्रामा उत्पादन भएको पुष्पलाई अन्य पोड्क्टको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालय बुटवलका प्रमुख निर्देशक याम नारायण देवकोटाले यो बर्ष निर्देशनालय पुष्प किसानहरुको लागि २ वटा कार्यक्रम मात्रै रहेको जानकारी दिदै आगामी दिनमा पुष्प किसान तथा व्यवसायीहरुको साझा सञ्जालबाट आएको कार्यक्रमलाई निर्देशनालयले संमन्वत्मक ढंगबाट अगाडी बढ्ने बताउनुभयो । उहाले यसको लागि यो बर्ष निर्देशनालयले ३ स्थानमा किसानको उत्पादन विक्रि गर्ने विक्री कक्ष स्थापनाको लागि आह्वान गरिएको जानकारी दिए । यस्तै पुष्प किसानहरुलाई एड्भान्स लेवलको तालिम समेत सञ्चालन गरिने गरी कार्यक्रम तय गरिएको दिनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका नव नियुक्त सदस्य सचिव शानु राज शाक्यले लुम्बिनी लाई फुलै फुलको शहरको रुपमा परिकल्पना गरिएको जनाउदै यसको लागि व्यवसायी र किसानहरुको ठुलो योगदान रहेको बताउनुभएको थियो । सोही अनुरुप लुम्बिनी विकास कोषले सहकार्य गर्ने समेत प्रतिवद्धता सदस्य सचिवको रहेको थियो ।
कार्यक्रममा नेपालमा पुष्प व्यवसायको अवस्था, लुम्बिनी प्रदेशमा संभावना र फुलको हार्भेष्ट व्यवस्थापन पद्धिती विषयमा शिवराज नगरपालिकाका कृषि विकास अधिकृत तारा चन्द्र चौधरीले र प्रदेशमा पुष्प व्यवसाय हालको अवस्था चुनौति र संभावनाको विषयमा पुष्प व्यवसायी संघका केन्द्रीय सदस्य तथा लुम्बिनी नर्सरीका सञ्चालक रमेश पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महासाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, निर्देशनालयका बरिष्ठ बरिष्ठ बालि संरक्षण अधिकृत कामना अधिकारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम बागवानी विकास अधिकृत सुनौना बराली को सञ्चालन र बरिष्ठ बाली विकास अधिकृत राम गोविन्द आचार्यको स्वागत मा भएको थियो ।