
रुकुमकोट, रुकुम (पूर्व) लाई अर्गानिक जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच रुकुम पूर्व लाई अर्गानिक जिल्ला घोषणा गरेकी हुन् ।
“रुकुम पूर्व को माटो चोखो छ, विषादी मिसिएको छैन्” मन्त्री पौडेलले भनिन्, “यस जिल्लाको अर्गानिक माटो, हावापानी र उत्पादनलाई बाचाइ राख्ने लक्ष लुम्बिनी प्रदेशले लिएको छ ।” रुकुम ९पूर्व० लाई अर्गानिक जिल्लाको रुपमा विकसित गर्न प्रदेश सरकारले बजेट समेत विनियोजन गरिसकेको र योजनासहित कार्यान्वयनको चरणमा रहेको पौडेलले जानकारी दिइन् ।
पछिल्लो समय परम्परागत खेती प्रणाली पनि हराउदै गएको बताउदै उनले त्यसको संरक्षण र उपलब्ध स्रोत साधनको प्रयोगले उत्पादनलाई बढवा दिनुपर्ने धारणा राखिन् ।“तपाइँ उत्पादन गर्नुस् बजारको चिन्ता नगर्नुस”, उनले भनिन्, “जिल्लामा जिल्लास्तारको सहकारी र सबै पालिकाहरुमा पलिकास्तरको कोसेली घर निर्माण गर्छौ ।” यति मात्रै नभइ अन्य प्रदेशमा पनि यहाँको उत्पादनलाई पठाउने व्यवस्था गरिने उनको भनाइ थियो ।
लुम्बिनी प्रदेश सरकारले अहिले कृषिलाई नै पहिलो प्राथमिकतामा राखेको बताउदै अहिले कोरोना प्रभावित लक्षित कार्यक्रम सञ्चालन भइरहेको मन्त्री पौडेलले बताइन् । रुकुम पूर्व प्रदेश सरकारकै प्यारो जिल्ला भएकाले पनि यसलाई प्राथमिकतामा राखेर कृषिबाटै समृद्धि बनाउने योजना रहेको उनको भनाइ छ ।
प्रदेश सरकारले कृषकहरुको लागि सुलभ कर्जा सहजिकरणसहितको सेवा, करारखेती कार्यक्रम, बिक्रीको आधारमा अनुदान, प्रत्येक वडामा हरित स्वयमसेवकलगाएतका कार्यक्रमहरु ल्याएको पनि जानकारी गराइन् । आफ्नै, परिवारसँग मिलेर गर्ने उत्तम काम कृषि नै भएकाले सबैलाई कृषि क्रान्ति गर्न उनले आग्रह गरिन।
यस्तै जिल्लास्थित स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासनलगायतका कार्यालयले समन्वय र सहकार्य गरेर अर्गानिक जिल्लालाई नमुना बनाउनको लागि आ–आफ्नो ठाउँबाट लाग्ने प्रतिबद्धता जनाएका छन् । रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणासँगै मन्त्री पौडेलले जिल्लामा नयाँ स्थापना भएको एकीकृत कृषि तथा पशुपंञ्छी विकास कार्यालयको उद्धघाटन गरेकी थिइन् ।
जिल्लालाई अर्गानिक जिल्ला घोषणा गरेपश्चात पौडेल जिल्लाको विभिन्न ठाउँमा नेतृत्व सम्हाल्नका समालेका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग अन्तरक्रिया कार्यक्रम गरेकी थिइन् ।
अन्तक्रियामा सहभागीहरुले जिल्ला अर्गानिक घोषणा पश्चात कसरी काम गर्न सकिन्छ र कसरी कार्यायोजना बनाएर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।@indranionline.com