
बुटवल,
माछा पालन गर्नको लागि पोखरी अनिवार्य छ । विगत लामो समय देखि जमिन मा नै पोखरी निर्माण गरी माछा पालनगरिदै आइएको छ । जमिनमा माछा पोखरी निनिर्माण वा प्लाष्टिक पोखरी निर्माण गरी पानीको सतहमा माछा पालन गरिदै आइएको छ । तर माछाको लागि मुख्य पहिचान बनाएको रुपन्देहीमा पोखरी नखनीकन जमिनको सहतमा मा नै माछा पालन गर्ने नयाँ प्रविधि भित्र्ीएको छ ।
भारतका विभिन्न स्थानमा विगत केही बर्ष देखि सफलता प्राप्त गरिरहेको ‘बायोफ्लक’ प्रविधिमा रुपन्देहीमा पनि सुरुवात गरिएको हो । मााछाको राजधानीको रुपमा पहिचान बनाएको छपिया क्षेत्रमा केही किसानहरुले यसको परिक्षण गरिरहेका छन ।
जमिनको सहतमा नै विशेष प्लाष्टिकले निर्माण भएको पोखरीमा पानी राखेर जमिनको सतहत नै नविगारीकन नै यो प्रविधिमा माछा पाल गर्न सकिन्छ । छपिया क्षेत्रमा रहेको छपिया फिस भिलेजका सञ्चालक गौरव गौतमले केही समय पहिला देखि नै यसको परिक्षण गरिरहेका छन । किसानहरु संगै यसलाई औपाचारिक रुपमा नै परिक्षण गर्ने तयारी सरकारले पनि गरेको छ ।
रुपन्देही र नवपरासी(पश्चि) दुई जिल्ला कार्यक्षेत्र रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले आफ्नो बार्षिक कार्यक्रममा नै ‘बायोफ्लक’ प्रर्दशनी कार्यक्रम समेटेको छ । जस अनुसार अनुसन्धान तथा बैज्ञानिक अन्वेषण प्रयोगशालाको लागि उपकरण, मेसिन औजार) सहयोग कार्यक्रम राखेको छ । जसको लागि १४ लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख पशु विकास अधिकृत डा. प्रवेज आलमका अनुसार यो नयाँ प्रविधि अनुसार भारतमा राम्रो सफलता प्राप्त गरेको छ । माछा पोखरी खन्न, माटो व्यवस्थापन गर्ने, झन्झट पनि नहुने एउटा पोखरीको क्षेत्रफल अनुसार लागत पनि कम लाग्ने माटोको सहत पनि नविर्गने भएको कारण यो प्रविधिको थप अनुसन्धान गर्न लागिएको हो ।
रुपन्देहीका केही किसानहरुले परिक्षणको रुपमा यो प्रविधि धित्र्याइएको भएपनि उत्पादकत्व वृद्धि लगायतको विषयमा अनुसन्धान हुन भने बाँकी रहेको छ । यसरी यो प्रविधि अनुसार विशेष प्लाष्टिकले बनेको पोखरी माटोको सहतमा नै राखिन्छ । जसमा पानी राखेर माछा पालन गरिन्छ । प्लाष्टिक पोखरी चै पोखरीमा पानी खेरा नजाओस् भन्ने हेतुले प्लाष्टिक राखेर माछा पालन गर्ने प्रविधि विगत लामो समय देखि नेपालमा लागू छ ।जुन पहाडी क्षेत्रमा पानीको मात्रा कम हुने, पानीको सहज उपलब्धता नभएको स्थान र पानी नजम्ने पोखरीमा यो प्रविधि प्रयोग गरिदै आएइको थियो ।
तर नयाँ ‘बायोफ्लक’ प्रविधि अनुसार पोखरी खन्न नै पर्दैन । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख पशु विकास अधिकृत डा. प्रवेज आलम भन्छन्–‘यो प्रविधिमा माछा उत्पादकत्व पनि वृद्धि हुने अपेक्षा गरिएको छ भने खासगरी माछा वा अन्य जिवले माटो खोर्सने, माटोको कारण पोखरीको सतह नै पुरिने संभावना हुदैन । ’ @butwal today