डेढ करोडको लगानीमा युवाहरुले खोले कञ्चन एग्रो रिसोर्ट

सैनामैना, असोज

पछिल्लो समय युवाहरुमा सामुहिक लगानीमा आकर्षण बढेको देख्न सकिन्छ । एकल लगानी गर्दा लगानी बढी लगाउन पर्ने र जोखिम बढी हुने साथै सामुहिकमा लगानी गर्दा ब्यक्तिको सानो सानो लगानीले पनि समुहमा गर्दा ठुलो काम गर्न सकिने तर जोखीम कम हुने हुदाँ सामुहिक लगानीमा युवाहरुको आर्कषण बढेको हो ।

पाल्पा जिल्ला रैनादेवि छहारा ७, बेलबासमा डेढ करोडको लगानीमा निमार्ण गरिएको कञ्चन एग्रो रिसोर्ट शुक्रबार देखि सञ्चालनमा आएको हो ।

सैनामैना वडा नं. ११ बनकट्टीमा २०७३ सालमा ७ जनाबाट शुरु गरिएको कञ्चन लुम्बिनी मल्टिबिजनेश प्रा.ली. को सफलतासँगै नयाँ क्षभेत्रमा लगानी बढाएको प्रा.लि.का सञ्चालक यमलाल खरेले बताए । हस्पिटालिटीमा नयाँ व्यापारको अवसर देखेसँगै कञ्चन ग्रुपमा थप २ जना सेयर सदस्यलाई समावेश गरी ९ जनाको सामुहिक लगानीमा कञ्चन एग्रो रिसोर्ट सञ्चालन गरेको ग्रुपका सदस्य खरेलले बताए ।

सामुहिक लगानीमा शुरु गरिएको व्यवसाय यो त एउटा उदाहरण मात्र हो यो संगै सैनामैनाकै युवाहरुको पहलमा सैनामैना र पाल्पामा बिभिन्न ठाँमा गरि अझै तिन चार ओटा ब्यवसायहरु सञ्चालनको तयारीमा रहेका छन् ।

कोभिड १९ को माहामारी सँगै युवाहरु मिलेर सामुहिक लगानी गरे अबश्य सफल भईन्छ भन्ने आँटका साथ व्यवसाय सञ्चालन गदै जानुले रोजगारीको अवसर संगै विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

नेपालमा होटल तथा रिसोर्टका लागी उपयुक्त वातावरण भएको प्रदेश न.५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले बताएका छन् । पर्यटकीय गन्तब्य लुम्बिनी लगायतका क्षेत्रलाई जोडेर धेरै मात्रामा ब्यवसायहरु सञ्चालन हुदै गएको उनको भनाई थियो । ढोरपाटन सडक सम्पन्न भए पछि सालझण्डी क्षेत्र भबिश्यमा अहिलेको बुटवल भन्दा ठुलो ब्यापारीक केन्द्र बन्ने ढकालले दाबि गरे ।

 

सैनामैनामा ब्यवसायिक होटल तथा रिसोर्टहरु दिनप्रतिदिन खुलिरहेको सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले बताए । स्वदेशमै उधमीशिलताको विकास गरि रोजगारीको अवसर सिर्जना गर्न सवै युवाहरुलाई कार्कीले आग्रह गरे । होटल व्यवसाय नेपालमा सफल हुने कुरा बताउँदै व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

लुम्बिनी क्षेत्र नजिक रहेका जिल्लाहरुमा पर्यटकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सुविधा सम्पन्न रिसोर्टस सञ्चालनमा ल्याईएको होटलका सञ्चालक सागर खरेलले बताए । कोभिड १९ को महामारीको बिचमा सञ्चालनामा आएको यो रिसोर्टले ग्राहकको आवश्यकता र स्वादलाई मध्यनजर राख्दै गुणस्तरिय सेवा प्रदान गर्ने खरेलको दावि छ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डि देखि करिब ४ किलोमिटर उत्तरमा यो होटल रहेको छ । प्रा.ली.ले कञ्चन लुम्बिनी मल्टिबिजनेश प्रा.ली.र कञ्चन एग्रो रिसोर्ट मा गरि ३० जनालाई रोजगारी श्रृजना गरेको प्रा.लि.का सञ्चालक निरज पौडेलले बताए ।

© 2025 krishipatra All right reserved