कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानद्धारा कार्यक्रम सार्वजनिक

  • १४ करोड ३ लाख बराबरको बजेट सहितको कार्यक्रम सार्बजनिक गरेको छ
  • प्यूठान, असोज ।

    एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानले आर्थिक वर्ष ७७।०७८ को लागी १४ करोड ३ लाख बराबरको बजेट सहितको कार्यक्रम सार्बजनिक गरेको छ । प्यूठानका नौ वटा स्थानीय तहमा कृषि तथा पशु सेवा सम्बन्धी कार्यका लागी सघको शसर्त अनुदान सहितका कार्यक्रम सार्बजनिक गदै स्थानीय तह संगको समन्वयमा कार्यालयले कार्यक्रम सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
    प्यूठानका नौ वटा स्थानीय तहमा व्यवसायीक तरकारी खेती, बाख्रापालन, खाद्यान्नवालीका बीउ उत्पादन, पुष्प खेती, कागती र जुनार खेती, अदुवा बेसार, रैथालेवालीहरु कोदो, फापर, आलु, लगायतका हिउदे तथा बर्खे व्यवसायीक बालीहरु लगाई जिल्लालाई आत्मनिर्भर गराउन
    तर्फ कार्यक्रम ल्याइएको एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानका कार्यालय प्रमुख डा. उत्तम आचार्यले बताउन्ुभयो ।
    कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यकृषक समुह, फर्म, कृषि सहकारी तथा समितिहरुलाई व्यवसायीक बनाई जिल्लालाई कृषिमा नमुना काम गर्नुपर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम थापाले विवेकपूर्ण तरिकाले जिल्लाका सबै स्थानीय तह संग मिलेर कार्यक्रम सञ्चालन गर्न पर्ने शुझाव दिनुभएको थियो । नेपालको कृषि प्रणालीलाई जीबनमूखी नभई व्यवसायीक तरिकाले गर्न सकेमा राम्रो प्रतिफल आउने बताउदै देश समृद्धिका लागी कृषि क्षेत्रको योगदान अतुलनीय रहने बिश्वास प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले व्यक्त गर्नुभयो ।

    कोरोना भाइरस कोभिडका कारण बाहिरबाट आएका यूवाहरुलाई देशमा कृषि कार्यमा लगाउन योजना बनाउनुपर्ने प्रजिअ भुषालले शुझाव दिनुभएको थियो । सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानीय तहले लगानी गरेका कृषि तथा पशुसेवा सम्बन्धी कृयाकलापमा दोहोरोपन आउन नदिन एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठान र स्थानीय तह बिच समन्वय गरेर अगाडी बढने निर्णय समेत भएको छ ।

     

     

    © 2024 krishipatra All right reserved